back
NMB ad

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा निर्मलहरि अधिकारी चयन

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्वसहसचिव निर्मलहरि अधिकारी चयन भएका छन ।

वाणिज्य बैंक सञ्चालक समितिले अध्यक्ष चयन गरेसँगै अधिकारीले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

असोज २० गते सेवा निवृत्त भएका अधिकारीलाई सरकारले बैंकको सञ्चालक समितिको अध्यक्षता गर्ने गरी सदस्य पदमा नियुक्त गरेको थियो ।

अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेसँगै बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा अधिकारीलाई चयन गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको बैठकबाट अध्यक्ष चयन भएपछि उनले गभर्नरसँग सपथ लिएका हुन् ।

अधिकारी अर्थ मन्त्रालयको सहसचिव रहँदा पनि यही बैंकको सञ्चालक समितिको सदस्य थिए । जनप्रशासन र नेपालीमा स्नातकोत्तर अधिकारीले अर्थशास्त्रमा स्नातक गरेका छन् । सरकारी सेवामा करिब ३९ वर्ष बिताएका अधिकारी बजेट र राजस्व प्रशासनमा दख्खल राख्ने कर्मचारीका रुपमा चिनिन्थे ।

राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक मर्ज भएपछि सरकारले तत्कालीन सचिव महेन्द्रमान गुरुङलाई बैंक सञ्चालक समितिको अध्यक्ष बनाएको थियो । गुरुङले केही समयअघि अवकाश पाएपछि रिक्त स्थानमा अधिकारीलाई ल्याइएको हो ।

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार १५:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...