back
NMB ad

महरालाई छुटाउन उच्च अदालत पुगिन् रोशनी

Kumari bank ad

काठमाडौं । बलात्कार प्रयासको अभियोगमा डिल्ली बजार जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दिएकी छन्।

थुनामा पठाउने जिल्ला अदालतको आदेश बेरीतको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले आइतवार उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

जिल्लाको आदेशविरुद्ध महरा पनि उच्च अदालत गइसकेका छन्। सुनुवाइका क्रममा रोशनीले पनि निवेदन दिएकी हुन्। उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको छ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जवरजस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएको कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन्।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध मंगलबार इजलासमा निवेदन दिन पुगेकी छन्। रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन बुधबार इजलासमा पेश हुँदैछ।

दाहालले जाहेरीकर्ता स्वयम् आदेशविरुद्ध निवेदन दिन आएकाले अदालत प्रशासनले दर्ता अस्वीकार गरेको बताए। दरपीठविरुद्धको निवेदनलाई इजलासले बदर गरे रोशनीको निवेदन उच्च अदालत पाटनमा दर्ता हुनेछ।

प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिन सकिने कानुनी व्यवस्था टेकेर रोशनीले निवेदन दिएकी हुन्। थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महराले मंसिर ५ गते उच्च अदालत पटनमा निवेदन दिएका थिए।

जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते मा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतमा पनि रोशनीले आफुलाई धम्काएर उजुरी दिन बाध्य पारेको बताएकी थिइन ।

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार १६:२८ मा प्रकाशित

You can share this post!

खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने   

खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने   

वि.सं.२०८१ वैशाख १० सोमवार २०:३०

गोदावरी (ललितपुर), १० वैशाख : प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला...

मौसम विशेष बुलेटिन जारी : तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध   

मौसम विशेष बुलेटिन जारी : तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध   

वि.सं.२०८१ वैशाख १० सोमवार २०:२४

काठमाडौँ, १० वैशाख : जल तथा मौसम विज्ञान विभागले विगत...

अर्थसचिव मरासिनीको स्वागत र पुस्करको बिदाई एकैसाथ

अर्थसचिव मरासिनीको स्वागत र पुस्करको बिदाई एकैसाथ

वि.सं.२०८१ वैशाख १० सोमवार २०:१८

काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको...

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै   

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै   

वि.सं.२०८१ वैशाख १० सोमवार २०:०९

काठमाडौँ, १० वैशाख : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को...

राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी   

राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी   

वि.सं.२०८१ वैशाख १० सोमवार २०:०३

काठमाडौँ, १० वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले...

मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत   

मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत   

वि.सं.२०८१ वैशाख १० सोमवार १९:५९

काठमाडौँ, १० वैशाख : सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा...