काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज हुनुभएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार डिस्चार्ज हुनुभएको हो ।
मंसिर १० गते प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुभएको थियो । उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यसयता उहाँ अस्पतालमै स्वास्थ्यलाभ गर्दै आउनुभएको थियो ।
२०७६ मंसिर १९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १९ बिहीवार १६:०८ मा प्रकाशित