back
NMB ad

मुख्यमन्त्री पौडेल र तिब्बत सरकार अध्यक्ष छिटालाबीच भेट, यी बिषयका बारेमा भए छलफल

Kumari bank ad

काठमाडौं । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चिनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच ३ नम्बर प्रदेश र तिब्बतबीच सहकार्य गर्ने बिषयका बारेमा छलफल भएको छ ।

बिहिबार काठमाण्डौमा भएको शिष्टाचार भेटवार्ता मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका बिकास निर्माण कार्यहरु नेपालका लागि पनि अबसर भएको बताउनुभएको छ ।

चिनसंग नेपालको सिमाना जोडिएकोले त्यहाँको बिकासबाट पनि नेपालले फाईदा लिन सक्ने उहाँको भनाई थियो । यसैगरी नेपाल तथा चीनबीच सम्पन्न बीआरआई अन्तर्गत सहयोग सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सञ्जाल अन्तर्गत सडक, रेलमार्ग, हवाई यातायात, बन्दरगाह, तथा संचार क्षेत्रमा भएको बिभिन्न समझदारीको उहाँले प्रशंसा गर्नुभयो ।

रसुवागढि–स्याफ्रुबेसी सडकको स्तरोन्नती कार्य सुरु भएकोमा खुशी ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले केरुङ–काठमाण्डौ रेलमार्ग, एबम् रसुवागढी–काठमाण्डौ सुरुङ मार्ग सम्भाब्यता अध्ययन समझदारी भएको खुशी ब्यक्त गर्नुभयो । यसैगरी तातोपानी–जाङ्गमु सीमा नाका पुनः सूचारु गर्न तिब्बतको सहयोगको पनि उहाँले प्रशंसा ब्यक्त गर्नुभएको थियो ।

कोरला–लिजी नाका खोल्ने सहमति भएको भन्दै थप नयाँ नाकाहरु हिल्सा–बुराङ्ग तथा किमाथाँका–छेन्ताङ्ग खोल्न सके दुबै मुलुकलाई फाईदमा पुग्ने उहाँको बिश्वास थियो । नेपाल र चीनबीच रहेको ब्यापार घाटा न्युनीकरण गर्न नेपालका निर्यात योग्य बस्तुलाई तिब्बतमा प्रोत्साहन गर्न मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो ।

यसैगरी उहाँले नेपालमा लगानीको अबसर छ भन्दै जलबिद्युत्, सडक, कृषि, सिमापार रेलमार्ग, प्रसारण लाइन, पर्यटन, औद्योगिक पार्क, चीन–नेपाल मैत्री सांस्कृतिक पार्क, उच्च पहाडि तथा जडिबुटी प्रसोधन तथा हवाई सेगामा लगानी गर्न सकिने उहाँले बिश्वास दिलाउनुभयो ।

यसैगरी बार्षिक २० लाख पर्यटक नेमाल भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई भ्रमण बर्षको घोषण गरेको जानकारी गराउँदै चीन तथा तिब्बत सरकारले नेपाल भ्रमणका लागि प्रोत्साहन गराउन आग्रह पनि गर्नुभयो ।

दुई देशबीच सहयोग अभिबृद्धि गर्न तथा अन्तरकृया बढाउन ब्यापार, पर्यटन, सीमा सुरक्षा तथा भन्सार सम्बन्धी द्विपक्षिय संयन्त्र सकृय रहेको भन्दै उहाँले थप समन्वय हुने र सीमा ब्यबस्थापनमा थप सहकार्य हुने मुख्यमन्त्री पौडेलको भनाई थियो । नेपालको सिमानामा चीन विरुद्ध गतिविधि हुन नदिने पनि मुख्यमन्त्री पौडेलले बिश्वास दिलाउनुभयो ।

भेटवार्ताका क्रममा तिब्बत जनसरकारका अध्यक्ष छिटालाले नेपालमा कृषि, पर्यटन, जलबिद्युत, सडकका क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो । नेपाल र तीब्बत बीच पुरानो सम्बन्ध रहेको भन्दै सहकार्य गर्ने बिश्वास दिलाउनुभयो ।

नेपालले घोषणा गरेको भ्रमण बर्ष सन् २०२० सफल बनाउन तिब्बत सरकारले पनि सहयोग गर्ने बताउनुभयो । केही समय अगाडि चिनियाँ राष्ट्रपति सि जिन पिङको भ्रमणमा भएका सम्झौतालाई तीब्बत सरकारले पनि सङ्गै लैजाने बताउनु भयो ।

२०७६ मंसिर २० गते प्रकाशित

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०६:२६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...