back
NMB ad

२६.३२% लाभांश मुख्य प्रस्तावसहित आज लक्ष्मी लघुवित्तको एजीएम

Kumari bank ad

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारण सभा शुक्रबार (मंसिर २० गते) अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।

सभामा २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदैछ । गत आर्थिक वर्षको नाफाबाट लक्ष्मीले १५ प्रतशित  बोनस र ११.३२ प्रतिशत नगद वितरण गर्न लागेको हो ।

सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागी कम्पनीले मंसिर ११ गतेबाट आजसम्म बुक क्लोज गरेको छ । मंसिर १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ६६ पैसा (वार्षिक) रहेको लक्ष्मी लघुवित्तको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ५७ पैसा छ ।

२०७६ मंसिर २० गते प्रकाशित

वि.सं.२०७६ मंसिर २० शुक्रवार १०:१८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...