back
NMB ad

मुक्तिनाथ विकास बैंकको लिलामी शेयर बाँडफाँट

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरी बाँडफाँट भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको क्रममा विक्री हुन नसकेको संस्थापक तर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता र सर्वसाधारण तर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता शेयर लिलामी प्रक्रियाबाट वितरण गरेको हो ।

मंसिर ८ गतेदेखि १५ गतेसम्म शिलबन्दी बोलपत्र आव्हान गरी मंसिर १८ गते बोलपत्र दाताहरुको रोहवरमा शेयर बाँडफाँट भएको हो ।संस्थापकतर्फको शेयरका लागि प्रतिशेयर मूल्य रू.१५० दशमलव शून्य ७ र सर्वसाधारण समूह तर्फको लागि रू.२९१ मूल्य राखी बोलपत्र पेश गर्नेहरुलाई शेयर बाँडफाँट गरिएको हो ।

यस बाँडफाँटमा नपरेका आवेदकहरुको शेयर वापतको रकम भुक्तानी बैंक खाता उपलब्ध भएकाहरुको हकमा मंसिर २२ गतेदेखि आईपीएस मार्फत बैंक खातामा रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ ।

विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल रू.३ अर्ब ६ करोड ४७ लाख ६० हजार रहेको कम्पनीको २० प्रतिशत हकप्रद विक्री पश्चात रू.३ अर्ब ६७ करोड ७७ लाख १२ हजार पुगेको छ ।

बाँडफाँट भएको २० प्रतिशत हकप्रद भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपछि मात्र कारोबार गर्न सकिनेछ ।

२०७६ मंसिर २० गते प्रकाशित

वि.सं.२०७६ मंसिर २० शुक्रवार १३:१९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...