back
NMB ad

चार करोड ह्याकिङ प्रकरण : कृषि विकास बैंकका प्रबन्धकसहित १० जना जेल चलान

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन ।

लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साह समेत जेल चलान भएका छन ।सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएका हुन् । जेल चलान हुने अन्यमा लवाङ लामा, श्रवणकुमार श्रेष्ठ, चन्द्रबहादुर बुढा, विजयकुमार साह, गणेशकुमार बस्याल, यज्ञराज भट्ट र मालती न्यौपाने छन् । चार जनालाई धरौटीमा छाड्ने आदेश भएको छ ।

जसमा सुनीता लामालाई १०, रामकृष्ण भुसाललाई २५, मालती न्यौपानेलाई १०, लक्ष्मी तामाङलाई १० लाख, निमा तामाङलाई १० हजार, अशिम श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ ।

बैतडीका जनकबहादुर कुँवर पनि अनुसन्धानमा पक्राउ परेकोमा उनको प्रत्यक्ष संलग्नता नदेखिएपछि अभद्र व्यवहार मुद्दा चलाइएको थियो । पैसा राख्ने पुष्पराज खड्का र विद्यासागर लामिछाने भने साधारण तारेखमा छुटेका छन ।

महानगरीय अपराध महाशाखाले गत ७ असोजमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बैंकका कर्मचारीकै मिलेमतो देखिएपछि उनीहरूलाई समेत पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताए ।

यस्तो थियो पाँच अर्ब लुट्ने योजना

५ असोजमा बानेश्वरस्थित पानस रेमिटबाट एउटै कोडबाट धेरैले शंकास्पद कारोबार गरेको सूचना प्रहरीले पायोे । सोही आधारमा अनुसन्धान गर्न प्रहरीले पैसा निकाल्ने सञ्जय घले, लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङलाई पक्राउ र्गयो । उनीहरूले लवाङ तामाङको निर्देशनअनुसार आफूहरूले पैसा निकालेको बताए ।

प्रहरीले त्यसपछि लवाङलाई पक्राउ र्गयो । उनीसँग ३१ लाख रुपैयाँ भेटियो । त्यो पैसाको स्रोत खोज्ने क्रममा कृषि विकास बैंकमा ह्याकिङ भएको खुलेको हो । उनले सुरुमा कृषि विकास बैंकबाट सो रकम निकालेको बताएका थिए, तर स्रोत खुलाउन नसकेपछि अवैध रूपमा निकालेको खुल्यो ।

त्यसपछि आफूहरूले कृषि विकास बैंकलाई जानकारी गराएको अपराध महाशाखाका एसएसपी थापा बताउँछन् । अनुसन्धानका क्रममा गिरोहका नाइके अफ्रिकन मूलका भारतीय नागरिक पिटर भएको खुलेको छ । उनी केही महिनाअघि नेपाल आएको र लवाङसँग चिनजान भएको थियो । उनकै निर्देशकअनुसार लवाङले विभिन्न व्यक्तिलाई पैसा निकाल्न परिचालन गरेका थिए ।

बैंकका कर्मचारीलाई पनि उनले नै सेटिङ मिलाएको प्रहरीले जनाएको छ । पैसा ट्रान्सफरसम्बन्धी गोप्य कोड पाएर उनले रातारात पैसा ट्रान्सफर गरेका थिए । यसरी पाँच अर्ब रुपैयाँ निकाल्ने उनको योजना थियो । यसरी निकालिएको मध्ये केही रकम नेपालीहरूलाई नै दिने उनको प्रस्ताव थियो । सो रकममध्ये १० लाख उनले भारतीय व्यापारी सुबन्कर पन्जामार्फत हुन्डी गरेर लिएका थिए ।

चार किलो सुन गायब

तस्करीको चार किलो सुन गायब बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकका विष्णु खड्कालाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार उनी सुुन तस्करीका भरिया हुन। उनले आफूले चार केजी सुन ल्याएको तर अपरिचित व्यक्तिले लुटेको बताएका छन ।

स्रोतका अनुसार सुन तस्करीमा संलग्न व्यक्तिहरूकै सूचनाका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको हो । तर, सुन तस्करीमा लगाउने समूहमाथि भने प्रहरीले अनुसन्धानमा चासो दिएको छैन । तस्करी गर्नेसँग मिलेर भरियालाई थुनेको आरोप प्रहरीमाथि लागेको छ । (नयाँ पत्रिका दैनिकबाट)

२०७६ मंसिर २१ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २१ शनिवार ०७:३३ मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...