back
NMB ad

आरम्भ लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । आरम्भ लघुवित्त वित्तीय संस्थाको ७.३८५ बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९२.६४ पैसा कायम भएको छ ।

आइतबार यहि मूल्यमा आरम्भको कारोबार खुल्नेछ । कम्पनीले पुस ९ गते हुने साधारण सभाको लागि आइतबार (मंसिर २९ गते) देखि बुक क्लोज गर्दैछ ।

मंसिर २८ शनिबार र २७ गते शुक्रबार परेको हुँदा बिहीबारसम्म मात्र कायम सेयरधनीले लाभांस सुरक्षित गर्नेछन। कम्पनीले बोनसमा लाग्ने करका लागि ०.३८५ नगद पनि वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा पञ्चकन्या ब्यांकेट, बनेपा न.पा.–८, पुलबजार, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले चौतारी लघुवित्त वित्तीय संस्था सँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव सभामा पेश गर्दैछ । सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्दैछ । मर्जरपछि कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहनेछ ।

मर्जपछि संस्थापकको ६३.६६५ र सर्वसाधारणको ३६.३४५ सेयर स्वामित्व हुने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव पनि छ ।

दुई कम्पनी एक भएपछि कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभामा ७.७६५ लाभांश वितरण गर्ने एजेन्डा पनि छ ।

२०७६ मंसिर २७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १०:४९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...