back
NMB ad

३ कम्पनीको एजिएम : हालसम्मकै ठुलो आइपिओ निष्काशन प्रस्तावसहित यस्ता छन अन्य एजेण्डा

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल पूर्वाधार विकास बैंकले मंसिर २९ गते, आइतबार (आज) साधारण सभा आयोजना गर्ने भएका छन ।

नेपाल एसबिआई बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।
साधारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ, जसमा ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यसैगरी, सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने, आवश्यक सहमति र सम्झौता गर्न लगायत बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने गराउने सम्बन्धमा प्रचलित कानुन बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ ।

त्यस्तै, सामाजिक उत्तरदायित्व अन्तर्गत तोकिएको भन्दा बढी खर्च भएकाले उक्त खर्च अनुमोदन गर्ने, बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोहि अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादैँछ ।
साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गरेको थियो । मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

त्यसैगरी, नेशनल माइक्रोफाइनान्सले आज ८० प्रतिशत लाभांश पारित गर्न आज साधारण सभा डाकेको हो । सो सभा क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे सुरु हुनेछ ।

छैठौँ सभाले सञ्चालक समितिले निर्णय गरेको ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सो सभाले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, अन्य वित्तीय संस्थासंग मर्जर अथवा एक्वायर गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नाम परिवर्तन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि बुक क्लोज गरेको थियो । मंसिर १५ गतेसम्म कारोबार भई लघुवित्तको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारीको लिखतका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् । लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आज प्रथम वार्षिक साधारण सभाको आयोजना गर्दैछ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव सहित प्रथम साधारण सभा डाकेको हो ।

बैंकको साधारण सभा मंसिर २९ गते र्या्डिसन होटलमा बेलुका ४ बजेदेखि सुरु हुनेछ । सो सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित चुक्ता पूँजी वृद्धि गरी २० अर्ब पुर्याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने छ ।

बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ ।

२०७६ मंसिर २९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २९ आइतवार १०:०८ मा प्रकाशित

You can share this post!

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...