काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य आइतवार वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला रू. ५०० वृद्धि भएर रू.७१ हजार ३०० पुगेको छ ।
महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला रू.७१ हजारमा कारोबार भइरहेको छ । गत शुक्रवार सुनको मूल्य प्रतितोला रू. ७० हजार ८००मा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आइतवार चाँदीको मूल्य प्रतितोला रू. ८४५ मा कारोबार भइरहेको छ । शुक्रवार भने चाँदीको मूल्य प्रतितोला रू. ८४० मा कारोबार भएको थियो ।
२०७६ मंसिर २९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २९ आइतवार ११:५० मा प्रकाशित