back
NMB ad

यी हुन धेरै लाभांश दिने बैंकहरु : एनएमबिको सबैभन्दा धेरै, अन्यको कति ?

Kumari bank ad

काठमाडौँ । एनएमबि बैंक सबैभन्दा धेरै लाभांश दिने बैंकमा स्थापित भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट बैंकले आफ्ना लगानीकर्तालाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमध्ये २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिएको छ । यस्तै नविल बैंक धेरै लाभांश दिने बैंकको दोस्रो सूचीमा रहेको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश दिएको छ ।

बढी लाभांश दिने बैंकमा सिद्धार्थ पनि परेको छ । बैकले बोनस सेयर १० प्रतिशत छ भने नगद लाभांश १५.२६ प्रतिशत गरी कुल २५.२६ प्रतिशत लाभांश दिएको छ ।

यस्तै ग्लोबल आइएमई बैंकले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नै नगद लाभांशसहित २५.५० प्रतिशत लाभांश दिएको छ ।

कृषि विकास बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश सहित २५ प्रतिशत लाभांश दिएको छ भने नेपाल बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

केही बैंकहरुले लगानीकर्तालाई बोनस नदिइ नगद लाभांशमा मात्रै दिने गरेका छन । बोनस नदिने बैंकमा सिभिल, मेगा र स्टयान्र्डड चार्टर्ड बैंक रहेका छन् ।

यसैगरी सिभिल बैंकले ६.५७ प्रतिशत, मेगाले ११.७५ प्रतिशत र स्टयान्र्डडले २२.५ प्रतिशत नगद लाभांश दिने भएका छन् । २५ वटा बैंकमा सबैभन्दा कम लाभांश दिने बैंकमा सिभिल बैंक रहेको छ ।

२०७६ मंसिर ३० गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३० सोमवार १६:१७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...