back
NMB ad

वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले पठायो यस्तो पत्र

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वा नजाने भन्नेबारे पछिल्लो जानकारी दिन वाणिज्य बैंकहरूलाई पत्र पठाएको छ ।

केन्द्रीय बैंकले सरकारी स्वामित्वका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र हालै मर्जर गरेका ग्लोबल आईएमई र जनता विकासबाहेकका २३ ओटा वाणिज्य बैंकलाई १ साताअघि यस्तो पत्र पठाएको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार सो पत्रमा मर्जरको विषयमा केकस्तो प्रगति भयो जानकारी माग गरिएको छ । तर, पत्र पठाएको १ सातासम्ममा पनि वाणिज्य बैंकहरूले केन्द्रीय बैंकलाई कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने राष्ट्र बैंकको चिट्ठी हात परेपछि मर्जर कमिटीले यसबारे छलफल गरी प्रत्युत्तर पठाउने तयारी गरेको बताए ।

उनले आफ्नो बैंक मर्जरका लागि सकारात्मक रहे पनि उपयुक्त जोडी नपाएको प्रतिक्रिया दिए । ‘ मर्जरका बारेमा ठोस प्रगति भएको छैन ।

विभिन्न बैंकसँग छलफल भए पनि अन्तिम निष्कर्षमा पुग्न सकेका छैनांै,’ दाहालले बताए । दाहालका अनुसार वाणिज्य बैंकहरू आआफ्नै रणनीतिअनुरूप मर्जरमा लागेका छन् । दुई फरक संस्कार भएको बैंकबीच मर्जरको कुरा मिलेर सफल हुनु आफैमा चुनौती भएको उनले औंल्याए ।

यसअघि मर्जरमा जान इच्छुक ११ ओटा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई लिखित प्रस्ताव पेश गरेका थिए । सेन्चुरी कमर्शियल बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंकलगायतले मर्जरका लागि आफूहरू तयार रहेको जानकारी राष्ट्र बैंकलाई दिएका थिए ।

चालू आवको मौद्रिक नीतिअगावै राष्ट्र बैंकले बैंकका सञ्चालक र सीईओहरूलाई बोलाएर मर्जरका लागि जोडी खोजेर आउन दबाबमूलक निर्देशन दिएपछि यस्तो प्रतिबद्धता पेश गरिएको थियो ।

तर, यस अवधिमा ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जरले अन्तिम रूप लियो भने अन्य वाणिज्य बैंकहरूको हकमा कुनै प्रगति हुनसकेको छैन ।

यी दुवै बैंक गाभिएर मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरू गरिसकेका छन् । मर्जरपछि ग्लोबल आईएमई चुक्तापूँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक हुन पुगेको छ ।

मर्जरपछि यस बैंकको चुक्तापूँजी रू १९ अर्ब रहेको छ । यी दुई बैंकबीच गत असार २० गते मर्जरमा जाने सहमति भएको थियो ।(आर्थिक अभियानबाट)

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार ०७:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...