काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ लाख ७५ हजार ३९८.३३ कित्ता बोनस सेयर सोमबार सूचीकरण भएको छ ।
कामना सेवा विकास बैंकको उक्त सेयर सूचीकरण भएको हो । बैंकले गत आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ८५ नगदसहित १.५५ बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर अहिले सूचीकरण गरिएको हो ।
बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट भने ६.५५ नगद लाभांश वितरण गर्ने जनाएको छ । पुस १७ गते हुने साधारण सभामा यो प्रस्ताव पेस गरिंदैछ ।
२०७६ पुस ०८ गते प्रकाशित
वि.सं.२०७६ पुस ८ मंगलवार ०७:२९ मा प्रकाशित