back
NMB ad

रिलायन्स लाइफले ६३ करोडको आइपीओ निष्कासन गर्दै

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रूपैंयाँको प्राथमिक शेयर निस्कासन गर्ने भएको छ । इक्रा नेपालले गरेको रेटिङअनुसार कम्पनीले मध्यम किसिमको सुरक्षा जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड चार’ प्राप्त गरेको छ ।

कम्पनीले प्रति शेयर सय रूपैंयाँको दरमा ६३ लाख कित्ता सर्वसाधारणको लागि निस्कासन गर्ने छ । यसमा केही प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि सुनिश्चित गरिएको हुन्छ ।

कम्पनीले गत आर्थिक वर्षको साधारणसभाबाट प्राथमिक शेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीको प्रमुख शेयरधनी सिद्धार्थ बैंकको मात्रै १८ प्रतिशत स्वामित्व छ । यसले गर्दा बैंकको एकजना प्रतिनिधि कम्पनीको सञ्चालक हुने व्यवस्था छ ।

त्यस्तै संस्थागत लगानीकर्ताका रूपमा अग्नि होल्डिङ, एमसी ग्रुप, केडिया अर्गनाइजेसन, रिलयान्स ग्रुप र शिवशक्ति ग्रुप लगायतका समुह छन । बीमा कम्पनीहरूले उच्च बैंक ब्याजदरको फाइदा उठाइरहेका छन्। यसले गर्दा हरेक वर्ष नाफामा सुधार गर्न सफल भएका हुन ।

हाल जीवन बीमा कम्पनी १९ वटा छन । अघिल्लो वर्ष १० वटा कम्पनीले सञ्चालन अनुमति पाएका थिए। नयाँ कम्पनीमध्ये रिलायन्सको बजार हिस्सा ७ प्रतिशतमात्रै छ । समग्र जीवन बीमा क्षेत्रमा कम्पनीको बजार हिस्सा जम्मा एक प्रतिशत मात्रै छ।

स्थापना भएको दुई वर्षको अवधिमा कम्पनीले ८८ वटा शाखा सञ्जाल विस्तार गरेको छ। यसै अवधिमा कम्पनीले ९ हजार २ सय अभिकर्ता तयार गरिसकेको छ। संस्थापक समुह बलियो भएकाले कम्पनीले राम्रो प्रस्तुति दिने एजेन्सीले जनाएको छ।

गत आर्थिक वर्ष ६२ करोड ८० लाख रूपैंयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा भने १८ करोड १० लाख रूपैंयाँ आर्जन गरेको छ।

रेटिङ गरेसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्नेछ। बोर्डबाट अनुमति पाएर सर्वसाधारणको लागि शेयर निस्कासन लगभग चैत भित्रमा हुने देखिन्छ ।

२०७६ पुस ११ गते प्रकाशित

वि.सं.२०७६ पुस ११ शुक्रवार १२:०६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...