काठमाडौं । आउँदो पुस १५ देखि १७ गतेसम्म सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले चाक्चाकुर पर्वका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पुस १५ देखि १७ सम्म गाउँपालिकाभित्रका सरकारी कार्यालय र शिक्षण संस्थामा बिदा दिइएको हो । कुलुङ जातिको पर्व चाक्चाकुरमा हरेक वर्ष तीन दिन बिदा दिने निर्णय गत वर्ष गाउँकार्यपालिका बैठकले गरेको थियो ।
गाउँपालिकाका अधिकृत खरिधन राईका अनुसार पर्व मनाउन सार्वजनिक बिदा दिइएको हो ।
२०७६ पुस १३ गते प्रकाशित
वि.सं.२०७६ पुस १३ आइतवार १५:५५ मा प्रकाशित