back
NMB ad

सरकारले गर्यो आठ सहसचिवको सरुवा, को–कहाँ ?

Kumari bank ad

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना सहसचिवलाई सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती सहसचिवको सरुवा गरेको हो ।

सरकारको निर्णयअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डा. रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शिवराम न्यौपानेलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा. नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई काठमाडौं महानगरपालिकामा र अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागमा रहेकी मनमाया पंगेनीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्र शर्र्मा र उद्योग मन्त्रालयका रामचन्द्र ढकाललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तथा कृषि मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

२०७६ पुस १७ गते प्रकाशित

वि.सं.२०७६ पुस १७ बिहीवार ०८:४७ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...