back
NMB ad

दुबइको मस्रेक बैंकले अब लक्ष्मी बैंकलाई ऋण दिने

Kumari bank ad

काठमाडौं । दुबइको मस्रेक बैंकले नेपाली बैंकहरूसँग लगानी बढाउने भएको छ । गत साता मात्रै माछापुच्छ्रे बैंकलाई एक करोड डलर ऋण दिएको मस्रेकले अब लक्ष्मी बैंकलाई ऋण दिने भएको छ ।

मस्रेकका नेपालस्थित प्रतिनिधि कार्यालयका नायव प्रमुख कार्यकारी पृथ्वी श्रेष्ठले भने ’हामी अरू केही बैंकहरू पनि हेरिरहेका छौंं,’ ’चाँडै यस बारेमा निर्णय हुन्छ ।’

चाँडै लक्ष्मी बैंकलाई पनि ऋण उपलब्ध गराउने जानकारी दिँदै अन्य बैंकहरूलाई पनि पैसा उपलब्ध गराउने श्रेष्ठले बताए । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले गत वर्ष विदेशी बैंकबाट ऋण लिन पाउने ब्यवस्था गरेको थियो । चालु वर्षदेखि विदेशी संस्थाबाट पनि पैसा ल्याउन पाइने ब्यवस्था गरिएको थियो ।

राष्ट्र बैंकले कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यही व्यवस्था टेकेर बैंकहरूले विदेशबाट ऋण ल्याउने प्रक्रिया अगाडि बढाउन थालेका हुन ।

’पहिलो चरणमा भएकाले हामीले सुरुवात एक करोड डलरबाट गरेका हौंं,’ श्रेष्ठले भने, ’आवश्यकता हेरेर रकम बढाउन सकिन्छ ।’

२०७६ पुस १७ गते प्रकाशित

वि.सं.२०७६ पुस १७ बिहीवार १२:४२ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...