back
NMB ad

बैंकर्स संघका कार्यसमितिद्वारा पदभार ग्रहण

Kumari bank ad

काठमाडौं ।  बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । पोखरामा आयोजना गरिएको एक कार्यक्रममा भुवन दाहालको नेतृत्वमा चयन नयाँ कार्य समितिले पदभार ग्रहण गरेको हो ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालको नेतृत्वमा गत महिना नयाँ कार्यसमिति सर्वसम्मतले चयन भए पनि पदभार ग्रहण भएको थिएन । ज्ञानेन्द्र ढुंगानाको समितिको पदावधि महिना दिन बाँकी रहेकाले निर्वाचित भए पनि नयाँले पदभार ग्रहण गर्न पाएको थिएन ।

संघको उपाध्यक्षमा अनुकूल भटनागर चयन भएका थिए । उनी नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । संघमा सदस्य गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्माबाहेक सबै नयाँ अनुहार आएका छन् ।

संघको सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन् ।

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १०:०५ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...