back
NMB ad

बैंकहरुले गो–एएमएल माघदेखि लागू गर्ने, सर्वसाधारणलाई यस्ता छन् फाइदा

Kumari bank ad

काठमाडौं । माघ १ गतेदेखि सबै वाणिज्य बैंकहरुमा गोएएमएल प्रणाली लागू हुने भएको छ । वाणिज्य बैंकहरुले माघ १ देखि लागू गर्ने भए पनि विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने यो प्रणाली आगामी आर्थिक वर्षबाट मात्रै थाल्ने छन । हाल वाणिज्य बैंकहरुमा गरिएको परीक्षण सफल भएको राष्ट्र बैंकले जनाएको छ ।

गोएएमएल लागू भएपछि पैसा वा चेक जम्मा गर्नेको विवरण सिस्टमबद्ध हुनेछ । जुन विवरण राष्ट्र बैंकमार्फत नियमन हुनेछ ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले अपराधिक तथा आतंकवादी क्रियाकलापबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिमलाई घटाउन यो प्रणाली महत्वपूर्ण रहेको बताए। यसलाई एन्टीमनी लाउन्ड्रिङ सिस्टम पनि भन्ने गरिन्छ ।

राष्ट्र बैंकका अनुसार अपराधिक तथा अवैधानिक बाटोबाट आर्जित भएको पैसा बैंकमा जानबाट रोक्न यो सिस्टमले काम गर्नेछ। विश्वका कतिपय देशहरुमा समेत यही प्रणाली लागू भएको ढकालले बताए ।

‘पहिले एउटा राष्ट्र बैंककै निश्चित फर्म्याटमा बैंकहरुले विवरण पठाउने गरेकोमा अब मान्यताप्राप्त गोएएमएल सिस्टममा रहेर पठाउने छन’ ढकालले भने ‘एन्टी मनी लौन्ड्रिङको अनुसन्धान गर्न, आतंकवादी गतिविधिबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिम निराकरण गर्न यसले मद्दत पुग्छ ।’

कुनै एउटा व्यक्तिले गरिरहेको सम्पूर्ण बैंकिङ कारोबार यो सिस्टमले देखाउनेछ । यो प्रणाली लागू हुँदा सर्वसाधारणलाई भने कुनै थप सास्ती नहुने राष्ट्र बैंकले जनाएको छ । ‘पहिले नै सर्वसाधारणबाट बैंकहरुले लिने गरेको विवरणलाई सिस्टममा ल्याउने मात्रै हो’ ढकालले भने ।

अहिले पनि १ लाख भन्दा बढी रकम कसैको नाममा जम्मा गरिदिँदा जम्मा गर्नेको नाम, बाबुको नाम, ठेगानाजस्ता विववरणका लागि परिचयपत्र या नागरिकताको प्रतिलिपी बैंकहरुले लिने गरेका छन् । त्यस्तै १० लाखभन्दा माथिको रकम जम्मा गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।

रकम जम्मा गर्नेको यी विवरण अब बैंकहरुले यही गोएएमएल सिस्टममै समावेश गर्नुपर्नेछ । २७ वटै बैंकको यही विवरण राष्ट्र बैंकले अध्ययन गर्न सक्नेछ । एउटा बैंकले सिस्टममा राखेको विवरण अर्को बैंकले हेर्न पाउने छैन तर सम्बद्ध बैंकले आफ्नो विवरण हेर्न सक्नेछ ।

कतिपय कागजात हाल बैंकहरुले भौतिक रुपमै वा इन्टरनेटको माध्यममार्फत बुझाउँदै आएका छन । तर अब सबै विवरण सिस्टममा हुने भएकाले छुट्टाछुट्टै विवरणहरु बुझाइरहनु पर्ने झन्झट नरहने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

बैंकहरुका लागि तयार भएको यो प्रणालीबाट ग्राहकलाई भने कुनै झन्झट नहुने कार्यकारी निर्देशक ढकाल दावी गर्छन्। ‘अहिले बैंकहरुले जसरी काम गरिरहेका छन, त्यही कामलाई व्यवस्थित रुपमा संकलन गर्ने मात्रै हो’ उनले भने ‘बैंकमा जाने ग्राहकलाई थप कुनै झन्झट हुँदैन।’

यसले ग्राहकलाई केही फाइदा समेत पुग्नेछ । वित्तीय जोखिम घटाउन यसले मद्दत पुर्याउने छ । अर्कोतर्फ बारम्बार केवाइसी फारम भर्नुपर्ने बाध्यता समेत रहँदैन ।

ग्राहकको केवाइसी विवरण नै सिस्टमबद्ध हुनेछ। कतिपय बैंकले हाल केवाइसी विवरण स्क्यानिङ गरेर संकलन गर्ने गरेका छन् । तर अब केवाइसी विवरण नै यो सिस्टममा रहनेछ ।

‘पहिले भरेको केवाइसीमा जुन विवरण परिवर्तन हुन्छ, परिवर्तन भएपछि त्यो विवरण मात्रै थप्नुपर्छ’ राष्ट्र बैंकका एक अधिकारीले भने ‘तर एक पटक केवाइसी भरिसकेपछि फेरि भर्नुपर्ने बाध्यता रहँदैन।’

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १४:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...