back
NMB ad

यस्तो छ घरजग्गा पास गर्दा छुट पाइने व्यवस्था : कुन प्रदेशमा कति छुट ?

Kumari bank ad

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका ८४ वटा मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको पुस २१ गते सम्ममा सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दाे १ अर्ब ५२ करोड ९५ लाख ६९ हजार ७ सय ७ रुपैयाँ छुट दिएको छ ।

देशभर १३१ वटा मालपोत कार्यालयहरु छन् । जस मध्ये १२६ वटा मालपोत कार्यालय सन्चालनमा छ भने १०८ वटा मालपोत कार्यालयमा अनलाइन सिस्टममा काम हुने गरेको इन्जु ढकालले खबरहबडटकम अनलाइनमा समाचर लेख्नुभएको छ ।

८४ वटा उक्त तथ्याङ अनलाइन सिस्टमबाट प्राप्त भएको तथ्याङ रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानाकारी दिएको छ ।

सबै मालपोत कार्यालयमा अनलाइन सिस्टम नहुँदा तथ्याङक संकलन गर्ने गारो भएको र समयमा तथ्याङक सावर्ज्निक गर्ने समस्या भएको विभागका सूचना अधिकारि सञ्जिव नेपालले बताए । समयमा तथ्याङक संकलन गर्ने गारो हुँदा वार्षिक रुपमा मात्र विवरण सार्वजनिक गरिने गरिएको नेपालले बताए ।

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ अनुसार सबै प्रदेशमा घरजग्गा रजिष्ट्रेसन बापत महिला, ज्येष्ठ नागरिक, नावालकलाई २५ प्रतिशत, एकल महिला ३५ प्रतिशत, अपाङ्गता, दलित, पिछडिएको र अल्पसंख्याक, सिमान्तकृत २५ र शहिद परिवारलाई शत प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा २०७५र०७६ मा एक २ अर्ब ६ लाख ५६ हजार २ सय २९ रुपैया राजस्व छुट दिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङकले देखाएको छ ।

गत वर्ष ग्रामिण तथा शहरी भेगमा ३ लाख १९ हजार ७ सय ६ जना महिला जग्गाधनी बनेका छन् । ग्रामिण तथा शहरी भेगमा गरि १ अर्ब ९७ करोड ८३ लाख ८४ हजार २ सय ४७ रुपैयाँ राजस्व छुट पाएको विभागको तथ्याङले देखाएको छ ।

यसै गरि दलित तथा जनजातिमा ग्रामिण तथा शहरी भेगमा ९ हजार २ सय ३६ जनाले २ करोड ४५ लाख ९४ हजार ४ सय ८८ रुपैयाँ राजस्व छुट पाएका छन् ।

अपाङ्गता भएकाहरुको नाममा ग्रामिण तथा शहरी भेगमा १ सय ९४ जनाले १४ लाख २९ हजार ४ सय ४२ रुपैयाँ रांजस्व छुट पाएका छन् । सहिद परिवारमा ग्रामिण तथा शहरी भेगमा ४५ जनाले ३८ हजार ४ सय रुपैयाँ रांजस्व छुट पाएका छन् ।

अन्यमा ग्रामिण तथा शहरी भेगमा ११ हजार २ सय ९० जनाले २ करोड ६ लाख ५६ हजार २ सय २९ रुपैयाँ रांजस्व छुट पाएका भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङले देखाएको छ ।

कुन प्रदेशमा कति छुट ?

प्रदेश नंं.१ : प्रदेश नं.१ मा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १८ करोड ५३ लाख ५६ हजार ५ सय ९८ रुपैयाँ र ग्रामिण क्षेत्रमा ४ करोड ९ लाख २४ हजार ७ सय १३ रुपैयाँको राजस्व छुट दिएको थियो ।

प्रदेश नंं.२ : प्रदेश नं.२ मा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १३ करोड ६० लाख १० हजार ६ सय ७६ रुपैयाँ र ग्रामिण क्षेत्रमा ३ करोड १ लाख ९५ हजार ६० रुपैयाँको राजस्व छुट दिएको थियो ।

प्रदेश नंं.३ : प्रदेश नंं.३ मा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १ अर्ब २६ करोड ६ लाख ६५ हजार ७२ रुपैयाँ र ग्रामिण क्षेत्रमा ५ करोड ७३ लाख ४० हजार ८ सय ५९ रुपैयाँको राजस्व छुट दिएको थियो ।

गण्डकी प्रदेश : गण्डकी प्रदेशमा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा ६ करोड ३१ लाख ९८ हजार ७ सय ३० रुपैयाँ र ग्रामिण क्षेत्रमा ६ करोड ७३ लाख ५४ हजार ८ सय १३ रुपैयाँ राजस्व छुट दिएको थियो ।

प्रदेश नंं.५ : प्रदेश नंं.५ मा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १२ करोड ७८ लाख ४१ हजार ६ सय ७ रुपैयाँ र ग्रामिण क्षेत्रमा ४ करोड ३ लाख १४ हजार ३ सय २२ रुपैयाँ राजस्व छुट दिएको थियो ।

कर्णाली प्रदेश : कर्णाली प्रदेशमा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा १ करोड ५२ लाख २८ हजार १ सय २७ रुपैयाँ र ग्रामिण क्षेत्रमा ३७ लाख १२ हजार ४ सय ६७ रुपैयाँँ राजस्व छुट दिएको थियो ।

सुदुरपश्चिम प्रदेश : सुदुरपश्चिम प्रदेशमा लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दा शहरी क्षेत्रमा ४ लाख २ हजार २ सय ६ रुपैयाँ र ग्रामिण क्षेत्रमा ८२ हजार १ सय ७५ रुपैयाँ राजस्व छुट दिएको थियो । (खबरहबबाट)

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १२:४३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...