back
NMB ad

नबिल बैंकको घातक रोग उपचार समीक्षा

Kumari bank ad

काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्ति गत बचत कर्ता ग्राहकको हितलाई मध्यनजर गर्दै मेटलाइफ बिमा कम्पनीको सहकार्यमा तीन लाख रुपैयाँको घातक रोग बिमा तथा ७५ हजार रुपैयाँको मृत्यु बिमा सम्बन्धमा समीक्षा गरेको छ ।

यो योजना २०७५ मंसिरमा सुरुवात भएको हो । सो बिमा योजना ल्याएको एक वर्षमा कुल ८६ बचत कर्तालाई यस योजनाअन्तर्गत रकम २ करोड १ लाख ७५ हजार दाबी भुक्तानी गरेको छ ।

ग्राहकले यस योजनाको लोकप्रियता तथा यसले पु¥याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णयसमेत बैंकले गरेको छ ।

सो योजनाअन्तर्गत बैंकले दैनिक मौज्दात २५ हजार रुपैयाँ वा बढी राख्ने १६ देखि ६४ वर्ष उमेरको व्यक्तिगत बचत खातालाई १३ वटा घातक रोगको उपचारार्थ ३ लाख रुपैयाँको बिमा गरेको छ ।

ग्राहकको सहजतालाई आत्मसात् गर्दै उक्त १३ वटामध्ये कुनै पनि घातक रोग लागेको निवेदनउपर आवश्यक प्रमाण पूरा भएको अवस्थामा ३ लाख रुपैयाँको बिमा रकम बिनाकुनै बिल तत्काल भुक्तानी हुने व्यवस्था गरिएको छ ।

यसको अतिरिक्त बचतकर्ताको निधन भएमा ७५ हजार रुपैयाँको बिमांक रकम यो योजनाले सुरक्षित गरेको छ । समुदायमा घातक रोगको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले उपचारार्थ अत्यधिक व्ययभार पर्ने कुरालाई ध्यानमा राख्दै उपचारका क्रममा नै केही आर्थिक सहयोग पु¥याउने उद्देश्यका साथ बचतकर्ताको सुरक्षणसहित यो योजना बैंकले ल्याएको हो ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको बैंकको १०२ शाखा, १५३ एटीएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट छन् ।

साथै बैंकले देशविदेशमा एजेन्टमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ । मेट लाइफ इन्कको सहायक संस्था संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ ।

नेपालमा यसले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थ्य बिमा र सामूहिक बिमा उपलब्ध गराउँदै आएको छ ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार १०:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...