back
NMB ad

साताको दोस्रो दिन : नेपाल टेलिकममा यसकारण झुम्मिए लगानीकर्ता !

Kumari bank ad

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार १५ अंकले बढेको छ । सेयर बजार बढेर नेप्से परिसूचक १ हजार २७० अंकमा पुगेको छ । गत सातादेखि बढ्दै आएको सेयर बजारले साताको दोस्रो दिन पनि निरन्तरता कायम गरेको छ ।

सोमबार १ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ५५ लाख १८ हजार ६३६ कित्ता सेयर किनबेच भएको छ । पछिल्लो समयमा यो सबैभन्दा बढी सेयर कारोबार हो । सबैभन्दा बढी नेपाल टेलिकमको सेयर किनबेच भएको छ ।

टेलिकमको प्रतिकित्ता ६४५ रुपैयाँमा ६ करोड ४ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार १ रुपैयाँमा ५ करोड ९७ लाख १४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबार उत्पादन र लघुवित्त बाहेक बैंक तथा वित्तीय संस्था, होटल, जलविद्युत र बीमालगायत सबै परिसुचक बढेको छ ।घोडाघोडी लघुवित्त, सानिमा हाइड्रोपावर र चिलिमे हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन ।

वि.सं.२०७६ पुस २८ सोमवार १५:२८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...