back
NMB ad

सिटिजन्स बैंकले सहयोगी विकासलाई प्राप्ति गर्ने अन्तिम सम्झौता, संयुक्त कारोबार कहिलेदेखी ?

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । उक्त दुवै कम्पनीले प्राप्ति गर्ने अन्तिम सम्झौतामा सोमवार हस्ताक्षर गरेका छन् ।

सिटिजन्स बैंकले ख वर्गको सहयोगी विकास बैंकलाई प्राप्तिगर्ने गरी अन्तिम सम्झौतामा सिजिन्स बैंकका संचालक प्रवलजंग पाण्डे र सहयोगी विकास बैंकका तर्फबाट संचालक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरे ।

दुवै बैंकले आ—आफ्नो विशेष वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार शुरु गर्ने छन् ।

दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । पौष २७ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रू.८३ अर्ब २४ करोड पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी रू.७३ अर्ब ९९ करोड पुग्नेछ ।

प्राप्तिपछि कम्पनीको कुला शाखा ९९ ओटा हुनेछ । सहमतिअनुसार सहयोगी विकास बैंक लिमिटेडका शेयरधनीहरुले १०० कित्ता शेयर वरावर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१ दशमलव ७५ कित्ता शेयर पाउने छन् ।

हाल सिटिजन्स बैंकको चुक्तापूँजी रू.८ अर्ब ६२ करोड रहेकोमा प्राप्तिपछिको चुक्तापूँजी रू. ९ अर्ब ८ करोड हुनेछ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ ओटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार १७:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...