back
NMB ad

मर्जरको अन्तिम तयारीमा प्रभु र एनसीसी बैंक

Kumari bank ad

काठमाडौं । मर्जरमा जानका लागि प्रभु बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक अन्तिम तयारीमा जुटेका छन । दुबै बैंकका मर्जर समितिबीच अहिले वार्ता भइरहेको छ । वार्ता सहमति नजिक पुगेको एनसीसी बैंक स्रोतले बतायो ।

अधिकाँश विषयमा कुरा मिलिसके पनि सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा सहमति हुन बाँकी छ । प्रभुले एनसीसीको १०० बराबर ९० कित्ता र एनसीसीले ९५ कित्ता हुनुपर्ने अडान लिएको छ । स्वाप रेसियोमा कुरा मिल्न साथ १ २ दिनभित्रै मर्जरका सहमति हुन सक्ने संभावना रहेको एनसीसी स्रोतले बतायो ।

मर्जरपछि एकिृकत बैंकको नामा प्रभु हुने, अध्यक्ष प्रभुकै देविप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभुका अशोक शेरचन हुने सहमति भएको छ ।

दुई बैंकबीच ५० देखि ६० ओटासम्म शाखा कार्यलयमा डुप्लिकेसन हुने देखिएको छ । यसलाई समायोजन गर्नुपर्ने छ । प्रभुसंग मर्जर हुने संभावना प्रवल रहेको एनसीसी स्रोतको भनाई छ ।

प्रभु र एनसीसी दुबै बैंकले मर्जरमा जानका लागि साधारणसभाबाट प्रस्ताव पारित गरिसकेका छन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगावै मर्जरमा जानका लागि बैंकहरुलाई दवाव दिएको थियो ।

त्यसबेला प्रभुले बैंक तथा वित्तीय संस्थालाई प्राप्ति र एनसीसीले मर्जरमा जाने जानकारी गराएको थियो । प्रभुले किस्ट बैंक र ग्राण्ड बैंकलाई समाहित गरेको छ । प्रभुले समाहित गरेका यी दुबै वाणिज्य बैंक हुन ।

यस्तै एनसीसीले इन्टरनेसनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलगायत ४ ओटा विकास बैंकलाई प्राप्ति गरिसकेको छ । प्रभुको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्ने छ ।

प्रभुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ६२ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । प्रभुको सञ्चित कोषमा ४ अर्ब ३९ करोड २१ लाख रुपैयाँ छ ।

यस्तै एनसीसीको पुँजी ८ अर्ब १३ करोड ३४ लाख रुपैयाँबाट बढेर एनसीसीको ९ अर्ब ३२ रुपैयाँ कट्ने छ । मर्जरपछि दुई बैंकको पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एनसीसीले ३४ करोड रुपैयाँ खुदनाफा गरेको छ । एनसीसीको सञ्चित कोषको आकार २ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ छ ।

यस्तै प्रभुले सिभिल बैंकसंग पनि मर्जरका लागि छलफल गरिरहेको छ । प्रभुका अध्यक्ष देवीप्रसाद भट्टचन र सिभिलका सञ्चालक प्रतापजंग पाण्डेबीच छलफल भइरहेको स्रोतको भनाई छ ।

दुबै मध्य कुनै एक बैंकसंग मर्ज गर्ने तयारी प्रभुको छ । प्रभुले सिभिलसंग मर्जका लागि छलफल गरेपनि ठोस परिणाम आउन सकेको छैन । (क्यापिटल नेपालबाट साभार )

२०७६ माघ ०६ गते प्रकाशित

वि.सं.२०७६ माघ ६ सोमवार ०८:२० मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...