back
NMB ad

ताराखोला होमस्टेको पहिलो रोजाइ कोदोको ढिँडो

Kumari bank ad

बागलुङ । ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ । विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।
दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ ।

गत आवमा घरवास सञ्चालनका लागि गाउँपालिकाले रु १० लाख बजेट छुट्याएको थियो । विनियोजित रकमले वडा नं २ अर्गलमा ‘किकल्टा घरवास’ र वडा नं ५ ठूलोहिलेमा ‘हिले घरवास’ शुरुआत भएको थियो । अर्गलमा सात घर र ठूलो हिलेका पाँच घरमा घरवास सेवा छ ।

यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा वडा नं ४ छम्टुमा ‘ताराखोला बहुउद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरवास’ र वडा नं ५ मा ‘सीप सामुदायिक घरवास’ सञ्चालनमा ल्याइएको छ । दुवै घरवासका लागि प्रदेश सरकारले रु १० लाखका दरले अनुदान दिएको थियो । गाउँपापालिकाको लगानीमा खुलेका दुई घरवासका लागि समेत यो वर्ष प्रदेश सरकारबाट अनुदान ल्याउन पहल भइरहेको छ ।

‘गत वर्ष दुवै होमस्टेलाई पाँचरपाँच लाख अनुदान दियौँ, यो वर्ष स्तरोन्नतिका लागि केही बजेट छ’, गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले भन्नुभयो । गाउँपालिकाले सिकाइ र अनुभव आदानप्रदानका लागि अघिल्लो महिना घरवास सञ्चालकलाई अध्ययन भ्रमणसमेत गराएको थियो ।

स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र तनहुँको बन्दीपुर घरवासको भ्रमण गरिएको ‘किकल्टा घरवास’ सञ्चालक समितिका कोषाध्यक्ष केशकुमारी घर्तीमगरले जानकारी दिए । ‘भ्रमणबाट धेरै कुरा सिकियो, घरवास कस्तो हुनुपर्छ, पाहुनाको सत्कार कसरी गर्ने भन्ने जानियो’, उनले भने ।

उनका अनुसार ‘किकल्टा’ घरवासमा आउने पाहुनारपर्यटकले स्थानीय खानाका परिकारसँगै र पारिवारिक बसाइँको आनन्द लिन्छन् । ‘कोदोको ढिँडो, मकै, आलु, स्थानीय कुखुराको मासु बढी रुचाउनुहुन्छ’, घरवास सञ्चालक घर्तीमगरले भने । सादा खानाको रु १७० र मासुको रु १५० मूल्य तोकिएको छ । यस्तै बास बसेको रु २५० लाग्छ ।

पेय पदार्थ र अन्य परिकार खाँदा छुट्टै पैसा तिर्नुपर्छ । यस्तै वडा नं ४ छम्टुमा सञ्चालित सामुदायिक घरवासमा २२ जना पाहुना राख्ने क्षमता छ । ‘होमस्टेमा ट्राउट माछासहित स्थानीय खानाका परिकार खुवाउँछौँ’, घरवास सञ्चालक समितिका अध्यक्ष पदम खत्रीले भने।

गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले ताराखोला धनी छ । ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरवास कार्यक्रम प्रभावकारी मानिन्छ । ‘हामीकहाँ घरवास नै बढी उपयुक्त छ, भ्रमण वर्ष २०७७ लाई लक्षित गरेर घरवासको क्षमता बढाउन लगानी थप्दैछौँ’, गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने ।

उनले भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य रहेको उल्लेख गरे । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले चालू आवमा रु ७० लाख बजेट छुट्याइएको थियो । उक्त बजेट पर्यटनमैत्री पूर्वाधार निर्माण र प्रचारप्रसारमा खर्च गरिने छ । सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवासको स्तरीकरणलगायतका काम भइरहेको छ ।

पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ । ताराखोलामा पर्यटक भित्र्याउन घरवास कार्यक्रमले टेवा पुग्ने विश्वास लिइएको छ । घरवासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ । स्थानीय उत्पादनका हिसाबले पनि ताराखोला परिचित छ ।

यहाँको मुख्य उत्पादन आलु र भाँगो हो । यस्तै गाईघाटको झरना, डुडेलेलगायत दर्जनौँ पर्यटकीय गन्तव्यस्थल यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे मेलाजस्ता मौलिक संस्कृति र परम्परा ताराखोलामा जीवित छन् । बागलुङ सदरमुकामदेखि ५० किमी मोटरयात्रामा ताराखोला पुगिन्छ । (रामबहादुर थापा/रासस)

२०७६ माघ १२ गते प्रकाशित

वि.सं.२०७६ माघ १२ आइतवार ०४:४० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...