काठमाडौं । साताको पहिलो दिन सेयर बजार २०.७९ अंकले घटेको छ । बजार घटेपछि नेप्से परिसुचक पनि १ हजार २७६ अंकमा सीमित भएको छ ।
बजार घटेपछि कारोबारमा पनि कमी आएको छ । आइतबार सेयर बजार रातामैं भएको छ । सबै परिसूचकको सेयर मूल्य घटेको छ ।
आईतबार ९६ करोड ५० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ । डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । डेप्रोक्सको प्रतिकित्ता १ हजार ३२ रुपैयाँमा ८ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ९३ रुपैयाँमा ६ करोड ४५ लाख र ग्लोबल आईएमई बैंकको प्रतिकित्ता २८९ रुपैयाँमा ६ करोड २९ लाखको सेयर किनबेच भएको छ ।
२०७६ माघ १२ गते प्रकाशित
वि.सं.२०७६ माघ १२ आइतवार १५:२५ मा प्रकाशित