back
NMB ad

नवनिर्वाचित सभामुख सापकाेटाद्वारा पद तथा गाेपनियताकाे शपथ ग्रहण

Kumari bank ad

काठमाडौं । प्रतिनिधि सभाका निर्वाचित अग्निप्रसाद सापकोटाले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका निर्वाचित सभामुख सापकोटालाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानअनुसार राष्ट्रपतिबाट शपथ लिनु भएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

सपथग्रहणपछि सभामुखका सपरिवारले सामूहिक तस्बिर खिचाउनु भएको थियो । प्रतिनिधि सभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वा्चित हुनु भएको थियो ।

यसैबीच सापकोटामाथि सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सोमबार नै सुनुवाइ हुँदैछ । गएको शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन नहुने भन्दै दायर गरेको रिटमा अधिवक्ता सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुने भएको हो ।

आइतबारका लागि तोकिएको सुनुवाइ स्थगित भएपछि सोमबार सुनुवाइ हुन लागेको हो । आइतबार सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलास तोकिएकोमा फुयाँलले यो रिट आफूले हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित गरिएको थियो ।

२०७६ माघ १३ गते प्रकाशित

वि.सं.२०७६ माघ १३ सोमवार १२:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...