back
NMB ad

नेप्से २४ अंकले बढेर १३ सयको बिन्दुमा, ९१ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार उकालो लागेको छ । सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक करिब २४ अंकले बढेको हो ।

तीन दिन लगातार घटेर यस दिन नेप्से परिसूचक २३ दशमलब ९५ अंकले बढेको हो । नेप्से बढेर सोमबार १३ सय दशमलब ६२ अंकमा कायम भयो ।

सेयर बजारमा नेप्से बढेको दिन ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसक्रममा १ सय ८० कम्पनीका २४ लाख ९ हजार कित्ता सेयर कारोबारमा आए ।

यसदिन कारोबार खुलेको केही समय स्थिर देखिएको बजारमा साढे ११ बजेदेखि सुधार देखिन थालेको थियो । त्यसपछि करिब ४० मिनेट उकालो लागेर नेप्से घटेको भए पनि फेरि सम्हालिएर सुधारको बाटोमा लागेको हो ।

नेप्से बढ्दा यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक उकालो लागे । बढ्नेमा होटल समूह सर्वाधिक ४ दशमलब २६ अंकले बढ्दा समिट लघुवित्तका लगानीकर्ताले सर्वा्धिक ७ दशमलब ७९ प्रतिशत सेयर मूल्य कमाए ।

२०७६ माघ १३ गते प्रकाशित

वि.सं.२०७६ माघ १३ सोमवार १६:११ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...