back
NMB ad

पाथीभराको ३१७ रोपनी सित्तैमा यतीलाई

Kumari bank ad

काठमाडौं । सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैर कानुनी रुपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको ३ सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षको लागि सित्तैमा लिएको छ ।

यती समूहले काठमाडौको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि कौडीको भाउमा लिइसकेको छ । विराटनगरका पूर्व मयेर धु्रवनारायण श्रेष्ले पाथीभराकोमा केवलकार सञ्चालन गर्न कम्पनी दर्ता गरेका थिए ।

आफ्नो नाममा रहेको ९५ रोपनी जग्गामा ‘बेस स्टेशन’ बनाउने तयारी गरेका उनले केवलका पोल राख्ने र माथिल्लो स्टेशन बनाउने जग्गा उपभोग गर्न सरकारबाट अनुमति पाउन सकेका थिएनन् ।

यहीबीच विभिन्न व्यापारी हुँदै यती समूह छिरेपछि फाइल अगाडि बढेको हो । यती समूहले केवलबार सञ्चालन अनुमति मात्र पाएकने छौ, ३ सय १७ रोपनी सरकारी जग्गा सित्तैमा लिएको छ ।

पाथीभराको सरकारी जग्गा यतीलाई दिने योजनाका साथ पुष्प बरुवाललाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो । प्रधानमन्त्री केपी ओली २०५१ सालमा गृहमन्त्री हुँदा बरुवाल स्वकीय सचिव थिए । यती समूहले सञ्चालन गर्ने केवलकारमा बरुवाललाई पनि संचालक बनाएको छ ।

पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केवलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्धक निर्देशक आङछिरिङ शेर्पाले गत वर्ष फागुन १५ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेका थिए । तर दुर्भायवश उनीहरुकने त्यही दिन हेलिकप्टर दुर्घटनामा त्यही ठाउँमा निधन भयो । (नयाँ पत्रिका बाट)

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार ०५:०५ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...