back
NMB ad

राष्ट्रियसभा विशेष समयः गायिका आस्था राउतदेखि कोरोना संक्रमणसम्मको प्रसङ्ग

Kumari bank ad

काठमाडौं । राष्ट्रियसभाको विशेष समयमा बोल्ने सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

मंगलबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य बलराम बास्कोटाले विदेशबाट आउने तरकारीमा रोकिएको जाँच प्रकृया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

विषाधियुक्त तरकारी खान बाध्य हुनुपरेको भन्दै उनले विदेशबाट आउने तरकारी रोकिएको जाँच प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले कृषिको व्यवसायीकरण, बजारीकरण र शहकारीकरण तथा युवाहरुलाई कृषिमा परिचालन गर्ने विषयमा भएको प्रगति जानकारी गराउन पनि कृषि मन्त्रालयको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले चीन लगायत दर्जनौ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सुरु भएकाले पूर्व तयारीका लागि सरकारले काम सुरु गर्नेतर्फ सरकारका ध्यानाकर्षण गराएका छन् ।

नेपालमा अहिलेसम्म २ जनामा यसको संक्रमण देखिएको उल्लेख गर्दै पन्थले चीनमा अध्ययनरत नेपाली विद्यार्थी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई सुरक्षित नेपाल फर्काउने कुरामा गम्भिरतापूर्वक लाग्न सरकारलाई आग्रह गरे ।

नेपालमा भ्रमण वर्ष चलिरहेको अवस्थामा विश्व समुदायलाई नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाउने गरी काम गर्न अग्रह गर्दै उनले कोरोनाको संक्रमण थप फैलिन नदिन प्रभाकारी उपाय अपनाउन पनि आग्रह गरेका छन् ।

उनले उखु किसानहरुसँग सरकारले सम्झौता गरेपनि अझै सम्म उनीहरुको भूक्तानी दिन नसकेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा सुरक्षा र विवाद समाधानका विषयमा पनि उहाँले सरकार गम्भिर हुन नसकेको आरोप लगाए ।

सरकारले आफ्नो कार्यकालमा काम भन्दा पनि काण्डहरु बढी विश्वास गरेको भन्दै ऐन नै बनाएर सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप समेत लगाए । पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य समेत गरेका छन् ।

सदन कराउँदै जान्छ सरकार पिना सुकाउँदै जान्छ भन्ने उखान संशोधन गर्न उनले प्रधानमन्त्रीलाई व्यंग्य गरे । विश्वविद्यालय र संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गर्न नसकेको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

अर्का सदस्य कमला ओलीले महिलाहरुको सशक्तिकरणका लागि पुरुष सरह महिलाहरुलाई पनि विकाशका काममा सहभागि गराउन आग्रह गरेका छन् ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पनि महिलाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले विराटनगर जुटमिलमा भएको मजदुर आनलदोलनमा समेत महिलाहरुको भूमिका अग्रपंक्तिमा रहेको स्मरण गरे ।

राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताइन् ।

अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्धामा यस्तो अवस्था नभएपनि थुनामा राख्नु गलत भएको बताइन् ।

‘कानुनको मिसयुज भएको छ । फैजदारी अभियोगमा माफि पाएर उन्मुक्ति पाउनुपर्छ भन्ने छैन् । तर उसले गैर कानुनी कार्य गरेको छ कि छैन् । अस्थाले कानुनले कानुननले निषेध गरेको छ छैन भन्ने हेरिनुपर्छ । गालीगलौच गरेको पनि छैन् ।

अपशब्द पनि गरेको छैन् । कानुननले जे–जे गर्नुहुन्न् भनेको छ त्यो गरेको देखिँदैन त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था देखिएको छैन्’, वलीले भनिन् । बदनियत राखेर थुनामा राखिएको उल्लेख गर्दै उनले यसबाट स्वतन्त्र रुपमा बयान नहुन सक्नेतर्फ आशंका व्यक्त गरिन् ।

प्रमुख जिल्ला अधिकारीले एक वर्षभन्दा बढी कैद गर्ने अधिकार नभएको बताउँदै वलीले राउतलाई तारेखमा राखेर अनुसन्धान गर्न सकिने भएपनि त्यसो नगरिएको बताइन् । ‘सिडियोले यस्तो सामान्य घटनामा कसरी थुन्ने आदेश दिनसक्छ ।

उजुरी गर्नासाथ यसरी थुन्ने आदेश दिने हो भने फैजदारी न्यायको मुल मर्म नै नष्ट हुन्छ । पहिले सुन्ने अनि थुन्ने हो । प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ’, वलीले भनिन् । (रोतोपाटीबाट)

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार १४:२५ मा प्रकाशित

You can share this post!

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...