back
NMB ad

‘अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार’ सम्मेलनमा भाग लिन पर्यटन मन्त्री पोखरेल इजरायल प्रस्थान

Kumari bank ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल इजरायलमा हुन लागेको ‘अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार’सम्बन्धी सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनले इजरायलको पर्यटन मन्त्रालय र टुरिजम अपरेटर्स एसोसिएसनले तेलअभिभ एक्जिविसन ग्राउन्डस्मा यही माघ २६ र २७ गतेसम्म हुन लागेको २२ औँ सम्मेलनमा भाग लिनेछन् ।

विश्वभरिका पर्यटनसम्बन्धी कम्पनीलाई एकीकृत गरी पर्यटन बजारको एक आपसमा सहकार्य गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मन्त्री पोखरेलले पनि नेपालको पर्यटनबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दुईदिने सो सम्मेलनमा नेपाल, भारत बेलायत, ताइवान, जर्मनी, बुल्गेरिया, स्पेन, फिनल्याड, स्वीडेन, पोर्चुगल, फ्रान्स, जापान, भियतनाम, ग्रीस, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशका पर्यटन प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रदर्शनीमा विश्व पर्यटन नक्सा पनि राखिनेछ । प्रर्दशनीमा नेपालका तर्फबाट इजरायलस्थित नेपाली दूतावासमार्फत नेपाल पर्यटन बोर्डअन्तर्गतका उत्कृष्ट पर्यटनसम्बन्धी छ वटा संस्थाले भाग लिनेछन् ।

इजरायल बसाइँका क्रममा मन्त्री पोखरेलले इजरायली समकक्षी यरिभ लेभिनसँग भेट गर्नुहुनेछ । मन्त्री पोखरेल आगामी फागुन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

वि.सं.२०७२ माघ २५ सोमवार १६:५४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...