back
NMB ad

लुक्ला र बिराटनगर बाहेक सबै एयरपोर्टमा उडान सुचारु

Kumari bank ad

काठमाडौं । बाढीका कारण जलमग्न भएको बिराटनगर एयरपोर्टबाहेक तराईका अन्य सबै विमानस्थलमा अहिले उडान सुरु भइसकेका छन् । बिराटनगर एयरपोर्टमा हिलो पन्छाउने काम भइरहेकाले अझै केहि दिन लाग्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अहिले लुक्ला र बिराटनगरमा मात्रै उडान हुन सकिरहेको छैन । बिराटनगर लुक्लामा प्रतिकूल मौसमका कारण विमानले उडान भर्न नसकेका हुन् । ठाकुरले भने ‘बिराटनगर एयरपोर्टमा सरसफाइको काम अघि बढिरहेको छ, लुक्लामा मौसमका कारण उडान बन्द गरिएको छ, अन्य विमानस्थल भने सञ्चालन आइसकेका छन् ।’

तराईका केही विमानस्थलहरु बाढीका कारण केही दिन उडान प्रभावित भएका थिए । हिमाली भेगका लुक्ला लगायतका केही एयरपोर्टमा पनि मौसमले उडानमा असर गरेको छ । प्रवक्ता ठाकुरका अनुसार अहिले भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा कुनै अवरोध छैन । त्यहाँ विमानहरु आवत जावत गरिरहेका छन् ।

प्रकाशित मितिः २०७४ साउन ३१

वि.सं.२०७४ साउन ३१ मंगलवार १६:०७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...