back
NMB ad

केबलकारमा दुई बैंकको ६६ करोड लगानी, ४९ प्रतिशत सेयर सर्वसाधारणलाई

Kumari bank ad

काठमाण्डौं । पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकारमा सनरार्इज बैंक र राष्ट्रिय वाणिज्य बैंकको सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । हिजो बिहीबार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भएको छ ।

कास्कीको सराङकोट गाविसमा निर्माण हुन लागेको यो केवलकारको भूमीपूजा भएर निर्माण सुरु भइसकेको छ। ८९ करोड ६० लाख रुपैयाँमा व्यवसायी कालु गुरुङ र जापानी मूलका नेपाली नागरिक टाकासी मियाहाराले निर्माण सुरु गरेका हुन्।

पोखराको सेदीबगरदेखि सराङकोटसम्म साढे दुर्इ किलोमिटर लामो केबलकार चल्नेछ। गुरुङ समूहको ८५ र जापानी समूह मियाहराको १५ प्रतिशत लगानी छ । जापानी मूलका टाकासी मियाहराको लगानी छ। पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए। मियाहरा ललितपुरमा रहेको होटल हिमालयका संचालक हुन् । उनले साराङकोटमा समेत सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन् ।

स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कुल ६० करोड रुपैंयाँ कुल पुँजीमा केबलकार निर्माण गर्न लागिएको हो ।१० प्रतिशत लगानी स्थानीय समुदायको रहने र भविष्यमा पब्लिक लिमिटेडमा परिणत गरिने गुरुङले बताए। उनका अनुसार बोर्डको बैठक बसेर ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिइनेछ ।

१३ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १३ शुक्रवार ११:३७ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...