back
NMB ad

नेपालमा ३५ लाख एटीएम जोखिममा, कतै तपाईको पनि त परेन ?

Kumari bank ad

काठमाण्डौं । एटीएम हृयाक गर्ने अन्तराष्ट्रिय गिरोह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैंकिङ सुरक्षा चुनौतिपूर्ण बन्न थालेको छ । सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार नेपालका ३५ लाख एटीएम कार्डहरु जोखिममा छन् ।

पछिल्लो समय एटीएम बुथबाट पैसा चोरी गर्ने विदेशी नागरिकहरु समेतको संगठित गिरोह नै नेपालमा सक्रिय रहेको खुलेको छ । नेपालको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाउँदै संगठित गिरोह नै अर्काको एटीएम पीन प्रयोग गरेर रकम झिक्ने कार्यमा सक्रिय छन् । अर्काको एटीएम बुथबाट रकम झिक्ने कार्यमा संलग्न रोमानियाका तीन नागरिकहरुलाई पक्रेर सीआइबीले हिजो सोमबार मात्रै सार्बजनिक गरेको छ ।

गत शुक्रबार दिउँसो करिब १२ बजे इन्भेष्टमेन्ट बैंकको ठमेलस्थित एटीएम बुथमा एक विदेशी नागरिक प्रवेश गरे । कालो टिसर्ट र हाफ पाइन्ट लगाएका ति विदेशीले दायाँ बायाँ नहेरी पैसा निकाल्न थाल्छन् । तर उनले पैसा एउटा एटीएमबाट मात्रै निकालेनन् । करिब ८ मिनेट लगाएर लगातार १० वटा एटीएम प्रयोग गर्दै पैसा निकालिरहे । एक जना विदेशी नागरिकले १० वटा एटीएम प्रयोग गरेको देखेपछि इन्भेष्टमेन्ट बैंकको सीसी क्यामरा निगरानी गरिरहेका कर्मचारीले शंका गरे ।

बैंकका उपमहाप्रवन्धक बिजेन्द्र सुवालले भने, ‘एक त विदेशीले एटीएम प्रयोग गरेर पैसा निकाल्दैनन् । यदि कसैले यस्तो गर्छ भने हाम्रो शंकाको घेरामा पर्छ । तर यसले त एकैपटकमा त्यति पैसा निकालेपछि हामीले सीआइबीलाई खबर गरेका थियौं ।’

बैंकबाट खबर आएपछि सीआइबीले तत्काल अनुसन्धान सुरु गर्‍यो । दुई साता अघि मात्रै एक रोमानियन नागरिक पक्राउ गरेको सीआइबीको टोलीले शुक्रबार साँझ नै ठमेलको नर्सिङ चोकस्थित नेपाल तारा होटलबाट एक जनालाई पक्राउ गर्‍यो । उनी नै थिए पैसा निकाल्ने रोमानियन नागरिक ५२ वर्षीय गिता हुजम । उनलाई नियन्त्रणमा लिएको केहीबेरमा अरु दुई जना आइपुगे, इसोफ मोरउ र एलेक्स क्रिष्टेन । सीआइबीको टोलीले उनीहरूको कोठामा छापा मार्दा ३ सय ५३ थान नक्कली एटीएम कार्डहरु भेटिए ।

तीन जना रोमानियनको साथबाट सीआइबीको टोलीले एउटा हिडन क्यामेरा पनि बरामद गरेको छ । त्यो यस्तो हिडन क्यामेरा हो जसले हामीले प्रयोग गरेको एटीएमको टाडा चोर्न सक्छ ।

बिहानै एटीएमका बुथहरुमा जाने र कार्डको डाटा चोरी गर्न कार्ड स्किमिङ उपकरण र सीसी क्यामेरा एटीएम छिराउने मेसिनमा राखेर आउने उनीहरुको शैली थियो । त्यसरी कार्ड स्किमिङ र हिडन क्यामेरा राखेपछि दिनभर उक्त बुथ प्रयोग भएका एटीएमहरुको पिन नम्बरदेखि डाटासम्म चोरी हुन्थ्यो । त्यही डाटा तथा पिनको आधारमा पैसा निकाल्ने गरेको सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालले बताए ।

यिनीहरुले नेपालबाट कति पैसा निकाले खुल्न सकेको त छैन तर पक्राउ परेकाहरुको साथबाट १० हजार युरो, तीन लाख नेपाली रुपैयाँसँगै २५ हजार डलर पर्ने घडी प्रहरीले बरामद गरेको छ ।

धेरै पैसा बोकेर हिँड्दा जोखिम हुने भएकाले धेरै बैंकका ग्राहकहरुले एटीएम कार्ड प्रयोग गर्छन् । कार्डमात्रै बोके पुग्ने र चाहिएका बेला आवश्यक रकम झिक्न मिल्ने भएकाले बैंकहरुले पनि ग्राहकहरुलाई लक्षित गरी जतिसक्यो धेरै एटीएम बुथ स्थापना गरेर सुविधा दिँदै आएका छन् । तर, नेपालको बैंकिङ सुरक्षा चुनौतिपूर्ण बनेको सीआइबीका प्रमुख डिआइजी नवराज सिलवाल बताउँछन् ।

‘यसअघिका घटनाहरुमा विदेशीहरुको डाटा चोर ल्याउने र नेपालबाट पैसा चोरी गरेका घटनाहरु थिए । तर अहिले नेपालीहरुको पनि डाटा चोरी गर्ने गिरोह सक्रिय हुन थालेको भेटियो । यसले नेपालको ३५ लाख एटीएम कार्डहरुलाई जोखिममा पारेको छ,’ डिआइजी सिलवालले भने ।

आधुनिक उपकरण प्रयोग गरेर नेपालका एटीएम प्रयोगकर्ताको डाटा चोरेर विदेश पठाउने र उतैबाट पैसा चोरी गर्ने गिरोह सक्रिय छ । नेपालमा अर्काको एटीएमबाट पैसा चोरी गर्न पूर्वी युरोपको गिरोह सक्रिय भैरहेको सीआइबीको अनुसन्धानबाट खुलेको छ । सीआइबीले पनि बुल्गेरिया, रोमानिया, टर्की लगाएतका देशका नागरिकहरुलाई निगरानी गर्न थालेको छ ।

एटीएम हृयाकरको अन्तराष्ट्रिय गिरोह नेपालमा सक्रिय हुन थालेपछि प्रहरीले सबै एटीएम प्रयोगकर्तालाई सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ । आफूले प्रयोग गरिरहेको एटीएमको पिन नम्बर तत्काल परिवर्तन गर्न डिआइजी सिलवालको सुझाव छ ।

त्यसैगरी आफूले प्रयोग गर्ने एटीएम बुथहरुमा कुनै अस्वाभाविक उपकरण छ कि छैन हेर्ने, आफ्नो खाताबाट पैसा निकालिएको छ कि छैन भन्ने थाहा पाउन मोबाइल एलर्ट राख्ने र आफ्नो एटीएम कार्ड अरुलाई नदेखाउने गर्न पनि सकिन्छ ।
एटीएम हृयाकर नेपालमा मात्रै होइन, भारत र युरोपमा समेत सक्रिय छ । ह्याकरको निसानामा परेपछि केही दिन अघि मात्रै भारतमा ३२ लाखभन्दा बढी एटीएम कार्डहरु रद्द गरिएको र न्युजिल्याण्डमा एक लाख अमेरिकी डलर चोरी भएको इन्भेष्टमेन्ट बैंकका उपमहाप्रवन्धक बिजेन्द्र सुवाल बताउँछन् ।

उनले भने, ‘यस्ता गिरोह युरोपदेखि अमेरिकासम्म सक्रिय छन् । हामीले सुरक्षा सतर्कता अपनाउँदा रोमानियाका नागरिकहरु पक्राउ परे । त्यसैले हामी आफै सतर्क हुनुपर्ने देखिएको छ ।’

उनले सबै एटीएम प्रयोगकर्ताहरुलाई तत्काल आफ्नो पिन नम्बर परिवर्तन गर्न पनि सुझाव दिए ।

२३ कार्तिक २०७३, अनलाईनखबर, १०।००

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ११:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...