back
NMB ad

सोखले रोपिएको एउटा रुख, जसले वार्षिक पचास हजार दिन्छ

Kumari bank ad

कास्की  । पोखरा उपमहानगरपालिका–१७  विरौटीकी विष्णुमाया शर्माकाे घरमा एभाेकाडाेकाे एउटा रूख ९ बर्ष अघि साैखले राेपियाे । साैखका रूपमा राेपिएकाे त्यहि एभाेकाडाेकाे रूखले अहिले विष्णुमायालार्इ वर्षकाे पचास हजार रूपैँया भन्दा बढी कमाइदिएकाे छ ।

नौ वर्षअघि  राेपेकाे एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको थियाे । याे वर्ष आफूले खाएर अनि इष्टमित्रलाई चखाएर बाँकी रहेकाे दुई सय केजी फल बिक्री गरेको उनले बताइन् । “ घरबाटै एक केजीकाे  दुई सय ५० रूपैँयाका दरले बिक्री हुने गरेको छ,” उनले थपिन्, “स्वास्थ्य र आम्दानीको हिसाबले राम्रो हुने भएकाले दुई वर्षअघि फेरि दुईवटा बिरुवा थपेकी छु ।”

जेठ–असार महिनामा फुल्ने र पुस महिनामा पाक्ने गरेको यो फल टिपेको चार–पाँच दिनपछि मात्र खान उपयुक्त हुन्छ ।

एक महिनाको अवधिमा लगभग ७० केजी एभोकाडो बिक्री गरेको बताउने विरौटाका व्यापारी वसन्त भण्डारीका अनुसार एकपटक स्वाद लिएको ग्राहकले पटकपटक खोज्ने गरेका छन् ।

एभोकाडो पोखराको बजारमा  तीन सय ५० देखि छ सय रूपैँयासम्ममा बिक्री हुने गरेको छ । नेपालमा घिउ फलको उपनामले परिचित एभोकाडोको फल बाहिरबाट बिक्रीका लागि ल्याइए पनि उत्पादनको हिसाबले कास्की जिल्लाका लागि भने नौलो मानिन्छ । आँपजस्तो आकारमा तर गोलो फल्ने प्रोटिनयुक्त एभोकाडोको फल मधुमेह र मुटु रोगका बिरामीलाई समेत उपयोगी हुने भएकाले यसको माग बढ्दै गएको छ ।

संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । बहुगुणी बहुमूल्य यस फलको विस्तार र व्यावसायिक उत्पादनका लागि सरकारीस्तरबाट समेत चासो दिन थालिएको छ । कृषि अनुसन्धान केन्द्र बागवानीमा परीक्षणका लागि लगाइएका १२ वटा बोटले उत्पादन दिन थालेको बताउँदै बागवानी प्रमुख तीर्थराज पोख्रेलले प्रत्येक वर्ष बागवानीबाट दुई सय बिरुवा वितरण हुँदै आएको जानकारी दिए ।

उनका अनुसार कास्की जिल्लाका साथै स्याङ्जा, लमजुङ, तनहुँ लगायतका जिल्लामा पनि पछिल्ला वर्षमा एभोकाडोको खेती विस्तार हुँदै गएको छ । पाकेपछि गिलो हुने यो फलको स्वाद भने खल्लोे तर बासनायुक्त हुन्छ । यसको पात र डाँठ भने काउलोसँग मिल्दोजुल्दो हुन्छ । एभोकाडो मध्यअमेरिका र मेक्सिकोमा उत्पत्ति भएको यो उष्ण प्रदेशीय फल हो । प्रशस्त रेशा हुने एभोकाडो फल आँखाको दृष्टि र पाचन प्रणालीका लागि लाभदायी मानिन्छ । क्यान्सर रोगी र गर्भवती महिलाका लागि एवम् मोटोपन घटाउनसमेत यो फल उपयोगी मानिन्छ ।

२५ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २५ सोमवार १०:५७ मा प्रकाशित

You can share this post!

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...