back
NMB ad

पोखरामा बाबुराम माथि सञ्जीव भट्टराईले किन हाने जुत्ता !

Kumari bank ad

नयाँँ शक्तिती पार्टीका संयोजक डा. बाबुराम भट्टराई माथि पोखरामा जुत्ता प्रहार भएको छ भर्खरै । भटराई सहभागी एक कार्यक्रममा जुत्ता हान्ने सञ्जीव भट्टराई हुन् ।
जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराई पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।

पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् । कार्यक्रममा डा.भट्टराई बोल्दै गर्दा सञ्जीवले जुत्ता प्रहार गरेका थिए ।

भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए । मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिए ।

सञ्जीवले जुत्ता प्रहार गरेका थिए । उनले प्रहार गरेको जुत्ता मञ्चसम्म भने नपुगेकाले पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई नलागेको प्रत्यक्षदर्शिले बताए ।

डा.भट्टराईमाति जुत्ता प्रहार भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले जुत्ता प्रहार गर्ने सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जसक्रममा सञ्जिवमाथि हातपात समेत भएको छ । र, उनको कान र नाकमा सामान्य चोट लागेको छ ।

सञ्जिवलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखिएको छ । उनीमाथी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले जानकारी दिए ।

२३ मंसिर २०७३

वि.सं.२०७३ मंसिर २३ बिहीवार १७:४२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...