Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

दशैं कहिलेदेखि शुरु भयो, किराँतकालिन सभ्यता के थियो ?

बामदेव गौतम

October 24, 2016

मुस्ताङमा ४ हजार वर्ष पहिलेका धानका दानाहरु फेला परे

नेपालमा खेतीपातीको कुरा गर्दै जाँदा सर्वप्रथम मुस्ताङमा ४ हजार वर्ष पहिलेका धानका दानाहरु फेला परे । ३५०० वर्ष पहिले जनकपुरमा गणराज मिथि नाम गरेका राजा गणनायक बने । तिनका सन्तानहरुमध्ये सबैभन्दा पछिल्लो राजाले इसापूर्व छैंठो शताब्दीसम्म राजाले हलो जोतेर खेतीपातीको सुरुवात गर्ने गर्दथे । इसापूर्व १५ सय वर्षको कुरा गर्दा र आर्यहरु भारतमा आउँदा यहाँ द्रबीणरुले खेती सुरु गरिसकेका थिए । र उनीहरुद्वारा इसापूर्व ४०००/५००० वर्ष पहिले नै खेतीपाती सुरु भएको छ । द्रबीणहरुबाट प्रभावीत भएका मानिसहरु नेपालका सबै ठाउँमा छन् । तर द्रबीणहरुको बासस्थान काठमाडौमा छैन ।

काठमाडौमा सबैभन्दा पहिले यादवहरु बस्दथे

काठमाडौमा पहिलो बसोबास यादवहरुको थियो । पौराणिक कुराहरुमा जाँदा मन्जुश्रीको कुरा छ । गोपाल वंश छ । गोपालवंश नेवार भयो भन्ने पनि छ । यादवहरुको गणराज्य सुरु हुँदा त्यो भन्दा अगाडि कुन–कुन जाती थिए ? या त यादवहरुमा मिलिन भए । या त यादवहरुले मारेर समाप्त गरे ।

किराँतीले यादवलाई समाप्त गरे

इसापूर्व १ हजार वर्ष पहिले किराँतीहरु काठमाडौमा आए । यादवलाई समाप्त गरे र यादवहरु पशुपालक थिए । पशुपालक भएपनि अन्न फेला पार्दा त्यसको प्रयोग गर्ने गर्थे । यता भारतमा द्रबीणहरुको बसोबास भएकाले खेतीपाती सुरु भईसकेको थियो ।

खेती गर्नेले सुरुमा देवतालाई अन्न चढाए

त्यसबेला देवताहरु जति थिए, उनीहरुलाई खुसी बनाउन अन्नको दाना चढाउनेचलन थियो । त्यो अन्नको दाना चढाउने काम द्रबीणहरु बाटै सुरु भएको थियो । खेती जसले सुरु गरेको छ । त्यसले द्रबीणहरु अधिकाँस शिवपन्थीहरु थिए । काठमाडौंमा अनगिन्ती शिवलिंग पाईएको छ र शिवलिंगलाई धान गहुँ, जौ चढाएको पाईन्छ । इतिहास पढेदेखि यहि बुझेको हो ।

अन्नलाई पूजा अर्थात् भोज गर्दागर्दै दशैं आयो

अन्नलाई एकातिर खाने अर्काेतिर देवतासित सँगै राखेर चढाउने चलन चल्यो । जसरी आज दशैं मनाईन्छ । त्यसै गरेर त्यसबेला दशैं मनाईएन । हजारौं वर्षको अनुभव र कसबाट दशैं मनाउने चलन आयो भन्ने जान्न चन्द्र पात्रोबाट आउनुपर्यो । चन्द्र पात्रो अनुसार तिथि मिति तय हुनुपर्यो ।
त्यो तिथि मिति तय हुने दौरानमा हिउँदमा हिउँदेबाली र वर्षातमा धानबाली लगाउने गरियो । यी दवै बालीलाई मिलाएर अन्नलाई पूजा गर्ने अर्थात् भोज गर्ने चलन चल्यो । त्यो चलनको निरन्तरता नेपालमा निरन्तर कायम रह्यो । अरु देशमा कँहिपनि यो चलन छैन । भारतभरी दुर्गाको पूजा हुन्छ । नेपालमा मात्रै टिका लगाएर जमराफूल बनाएर सिउरीने ठूलाबडाले आशिर्वाद दिने चलन नेपालमा मात्रै हो । त्यो सित जोडिएर दुर्गा त्यहाँ आएको छ । नवदुर्गा आएको छ । नवदुर्गाको अर्काे दिन टिका छ । नवदुर्गाको पूजा, दशैंमा जमरा र अक्षता लगाउने चलन नेपाल बाहेक अन्त कँहि पनि छैन । यो कहिले देखि सुरु भयो भन्दा जहिले देखि खेती सुरु भयो ।

लुम्बिनी, जनकपुरमा राजाले हलो जोतेर खेती सुरु गर्दथे

खेती कहिले सुरु भयो ? ३५०० वर्ष पहिले तराईमा खेती सुरु भयो । ५००० वर्ष पहिले द्रबीणहरुले खेती सुरु गरेका थिए । त्यसको निरन्तरताका रुपमा मिथिलामा मिथि राजाले हलो जोतेर खेती सुरु गरेको चलन तीनका सन्तान सबैले देखेका थिए । (मिथी राजाले राज्य चलाएकै कारण त्यहाँको नाम मिथिला कायम भएको मानिन्छ ।)
लुम्बिनीमा पनि राजाले हलो जोतेर सबै जनताले खेती सुरु गर्दथे । त्यसबेला जो कसैले खेती गर्दथे । यसलाई ठूलो महत्व दिईन्थ्यो । त्यतिबेला आजको जस्तो व्यापकमात्रामा उत्पादन नहुने र खास–खास ठाउँबाट अन्न ल्याएर बोक्रा फालेर त्यसलाई खान योग्य बनाएर खाने चलन हुन्थ्यो । ठूलो महत्वको विषय हुने भएर मानिसहरु यो एउटा जमघट भएर खाने, खुसीयाली मनाउने चलन थियो । त्यसैको निरन्तरतामा दशैंमा टिका र जमरा लगाउनेक्रमको विकास भएको हो ।

खेती गर्न जानेलाई अन्नको बढि महत्व

द्रबीणहरुले आर्य आउनुभन्दा अगाडि नै खेती सुरु गरिसकेको थिए । खेती जसले जानेको छ त्यसले अन्नको महत्व बुझेको छ । अन्नको महत्व आर्यहरुले भन्दा पहिले नेपालका पुराना समुदायले बुझेका थिए ।

किराँतकालमा खेतीसँगै दासयुग सुरु भयो

नेपालमा आर्यहरु आउनुभन्दा पहिले किराँतहरु आए । किराँतहरु आउनुभन्दा पहिले यादव आए । यादवले पशुपाल्ने हुनाले पशु पाले । उनीहरु आउनुभन्दा अगाडि भारतमा खेती सुरु भईसकेको थियो । धानखेती सुरु भईसकेको थियो । त्यसपछि उनीहरुले खेती सुरु गरे । किराँतकालमा आईसकेपछि यहाँ पनि खेती सुरु भयो । र यहाँ दास व्यवस्था पनि सँगै आयो ।

दास युगको सुरुवात कहाँबाट ?
दासको कुरा गर्दा जनकपुर र लुम्बिनीको कुरा आयो । जनकपुरमा दास व्यवस्था थियो । राम सीतालाई वरण गर्न आउँदा÷उनी घुम्न सहरमा जाँदा त्यहाँ उनले सुन्दरी दास पुत्रीहरुलाई देखे । जो बेच्न राखिएका थिए । दासीबाट जन्माएका राजाकी भित्रने छोरीलाई राष्ट्रघाती भनेर कोशलकोराजाले पछि थाहा पाएर आक्रमण गरेर ध्वस्त गर्यो । सिद्धार्थ गौतम जन्मदाखेरी शुद्धोधनले राज गर्दाखेरी पनि लुम्बिनीमा दास व्यवस्था भएको घटनाले बताउँछ । यस्तो व्यवस्था भएको हुनाले त्यो दास व्यवस्थाको प्रभाव यहाँ पनि छ । सोझै अनुमान लगाउन सकिन्छ । यहाँ पनि खेती सुरु भएको छ । त्यो खेतमा काम गर्नेको निमित्त मानिसलाई समातेर जोताउने काममा लगाउने गरि त्यतिबेला दास व्यवस्था थालियो ।

त्यसबेला किराँतले राज गर्दथे । उनीहरुको प्रभाव दक्षिण गंगासम्म पुगेको छ । त्यसैले तीनीहरुको कालमा यहाँ खेती गरेनन् भन्न सकिन्न । किनभने काठमाडौ उर्वरा भूमि छ । तिनीहरुले यो चलन चलाए । त्यसकारण काठमाडौंको पुरानो सभ्यताको अध्ययन गर्नेहरुलाई थाहा छ कि त्यसबेला अन्न पूजाको चलन थियो । अन्न उनीहरुले सहयोग पनि गर्देथे । उनीहरुले शिवलिंग पूजा गर्दथे । शिवलिंगलाई उनीहरु अन्न चढाइदिन्थे । त्यो भएर नेपालका किराँतीहरु पनि शिवपन्थीहरु हुन् ।
किरातको कुरा गर्दा २/४ सय वर्ष भो देखेको । त्यो व्यापक रुपमा भएको लिंग पूजा गर्ने र अन्न चढाएका छन् । त्यसकारण किराँतकालिन सभ्यतामा दास युग छ । किराँकालिन सभ्यता, जनकपुर र लुम्बिनीको एकै प्रकृतिका हुन् । इसापूर्व पाँचौ शताब्दीमा बुद्ध आए । तर बुद्धको राज्य त्यो भन्दा ४/५ सय वर्ष पहिलेदेखि सुरु थियो । त्यतिबेला जनकपुरमा दासयुग छ, लुम्बिीनीमा छ । तिनैको समकक्षी भएको हुनाले किराँतकालमा दासयुग छ ।

लिच्छबीले ललितपुरको च्यासलमा ८०० को एउटै चिहान बनाए

किराँतकालमा दास व्यवस्था भएको प्रमाण यो या त्यो भन्ने त केहि सकिँदैन । तर लिच्छबीहरु यहाँ आएपछि किराँतहरुलाई यहाँबाट लखेटे । भाग्नेहरु भागे । बिद्रोह गर्नेलाई मारे । ललितपुरको च्यासल भन्ने ठाउँमा लिच्छबीले घेराबन्दी गरेर ८०० लाई एउटै चिहान बनाए ।

ज्यापुहरु किराँतका सन्तान

आजका ज्यापुहरु तिनै किराँतीका सन्तान हुन् । जति बिद्रोह गर्नेलाई मारे । अरु भागेर गएर गए । यता भागेर गएकाले पुरानो आफ्नो सभ्यता र संस्कृतिलाई जोगाउँदैन । भागेर गएकाले उनीहरुले यहाँ विकास गरेको सबै सभ्यता बिर्सिए ।

संसारमा जतिपनि हार्नेले आफ्नो संस्कृति र पहिचान छोडेको हुन्छ

काठमाडौमा किराँतीहरुलाई लिच्छबीले आक्रमण गरेर ध्वस्त गर्दा लखेटेपछि आफ्नो सभ्यता संस्कृति संगै लग्दैनन् । संसारमा जतिपनि हार्नेहरु छन् उनीहरुले आफ्नो संस्कृति र पहिचान छोडेको हुन्छ । किनकि त्यो सँगै लगियो भने फेरी हामीमाथि आक्रमण हुन्छ र हामी फेरीपनि सिधिन्छौं भनेर उनीहरु सुरक्षित हुनको निम्ति जहाँ जान्छन् बाँच्नको लागि त्यहाँ जे छ त्यसैलाई अबलम्बन गर्छन् ।

समाजशास्त्री जसले सिर्जनात्मकरुपले सोच्दैन, अरु कसैले भनेको कुरा लेख्दछ

काष्ठमण्ड भनेको काठमाडौ उपत्यकाबाट लिच्छबीहरुले भगाईसेकपछि बाहिर गएकाले निर्माण गरेको धरोहर हो । उनीहरुको संस्कृतिको कुरा हो । यहाँ विकसित सभ्यताको कुरा गरेको हो । किनकि हार्नेले सबै कुरा छोडेको हुन्छ ।
यसलाई कुनै समाजशास्त्रीले लेखेन । किनभने समाजशास्त्री जसले सिर्जनात्मकरुपले सोच्दैन । अरु कसैले भनेको कुरा भयो भने लेख्दछ । किराँतकालिन सभ्यता के हो ।

किराँतकालिन सभ्यतामा यादवलाई दास बनाए

किराँतकालिन सभ्यता काठमाडौ उपत्यकामा कृषिको उपज हो । कृषिको उत्पादन हो । यतिबेलै दास व्यवस्था ल्याइयो । हार्नेहरुलाई दास बनाउने हो । किराँतीहरुले यादवहरुलाइ हराए । यादवहरुलाई दास बनाए । तिनै यादवहरु लिच्छबीले आक्रमण गरेपछि दासहरु पनि कब्जामा परे किरातीहरु पनि समातिए । लिच्छबीहरु आएको ठाउँमा शामन्ती व्यवस्था सुरु भईसकेको थियो ।

त्यसैले तिनीहरुले त्यहिका दासहरुलाई ल्याएका थिएनन् । यही शरण पर्नेहरुलाई दास बनाए । सबै ठाउँमा खेतीपातीको युग शुरु भयो । यसरी शमाजशास्त्रीय अध्ययन सिर्जनात्मक अध्ययन गर ।

खेतीको सुरुसँगै मानिसलाई पकडेर गोरु बनाएर जोतिन्थ्यो

इसाको १५ औं शताब्दीमा दास व्यवस्था थियो । खेतीको सुरु भएपछि त्यहाँ दास व्यवस्था हुन्थ्यो । मानिसहरुको बीच, समुदायको बीचमा लडाई हुन्थ्यो । हार्नेहरुलाई भाग्ने भागे बाँकीलाई काटेर मारिदिने र राम्रा राम्रा केटीहरुलाई राख्ने र अरुलाई पकडेर राखेका सबैलाई खेती सुरु भएपछि खेती गराउँछन् । यहाँ पनि खेती सुरु भएपछि सबभन्दा पहिले कृषि उत्पादनका लागि गोरु ल्याएका होईनन् मानिसलाई पकडेर गोरुजस्तै बनाएर जोताएर खेतीपाती सुरु गरेका हुन् । त्यसो भएर यो दास व्यवस्था संसारभर मानवहरुमा आयो । काठमाडौमा पनि आयो ।
उत्तर चीनतिर खेतीपाती सुरु भएको छ । तिब्बत जहाँ खेतीपाती सुरु भएको छैन । किनकि त्यहाँ जे जस्तो वातावरण छ त्यहाँ धानखेती हुँदैन । अरु खेती पनि हुँदैन । दक्षिणमा भारतभरी सारा द्रबीणहरुले खेती सुरु गरिसकेका छन् । पछि आउने आर्यहरुले पनि खेती सुरु गरेका छन् । भने काठमाडौ जस्तो उर्वरा भूमिमा खेती नगर्ने कुरा हुन्छ । यहाँ पनि खेती सुरु भएको छ । र त्यो खेती कै आधारमा लिच्छवीहरुले सभ्यताको विकास गरे । र त्यो दास व्यवस्था थियो ।

शिवलिंगमा चामल जौ चढाउने चलन पहिलेदेखि नै थियो

यादवहरुले भैंसी पाल्न सुरु गरे त्यसैको निम्ति यसलाई प्रयोग गरे । किराँतकालमा व्यापक खेती सुरु भयो । तिनै यादवहरुलाई उनीहरुले दास बनाएर राखे । शिवमार्गी भनेको लिंग पूजा गर्ने हो ।
लिंग पूजाको चलन यहाँ धेरैपहिलेदेखि सुरु भयो । शिललिंगमा चामल जौ चढाउने चलन थियो । पशुपतिमा शतबिउ छर्ने भनेको पनि त्यहि हो । शतबिउ छर्नु भनेको खेती सुरु गरेका छौं । यसलाई जोगाउनुपर्छ, हुर्काउनुपर्छ । किराँतहरु जहिलेदेखि थिए त्यसबेलादेखि यसको सुरुवात भएको हो ।

किराँतकालमा सुरु भएको अन्नपूजा पछि आएर दशैं

यी सबै कुराले देखाउँछ । अन्नपूजा गर्ने चलन, अन्नलाई देवी देउतालाई चढाउने चलन किराँतकालिन युगबाट सुरु भयो । त्यसैको निरन्तरातको रुपमा दशैं हो । यो दशैंमा दुर्गा, रामायण लगायत पछि आएर थपिएको हो । हुन त रामायण मान्नेहरु, दुर्गा मान्नेहरुले छुट्टै दशैं मनाउँछन् । नवदुर्गा भनेर दुर्गा पूजा गर्छन् । अनि दुर्गा पूजा समापन गर्दा खुसीयाली मनाउँछन् । दशैंको दिन ।

यो दुर्गा पूजा गर्नेहरु र केबल अन्न पूजा गर्ने शिवमार्गीहरुको मिलन हुँदाखेरी यो दुर्गा पूजा रामायण मान्नेहरु र परम्पराकालिन खेतीपाती गर्नेहरु मिश्रित भएपछि लिच्छबीहरु आएपछि दुवै मिसिएर आजको दशैं भएको हो ।
नेपालमा जतिबेला मिथिला गणराज्य उत्पन्न भयो । त्यसबेलामा किराँती राज्य छ । त्यो किराँत राज्य कतिपय अवस्थामा पूर्वतर्फ आसामदेखि समुद्र कलकत्तासम्म किराँत जातीको प्रभाव थियो । यतातिर गंगासम्म किराँतहरुको प्रभाव थियो । त्यो प्रभाव भएकोबेला द्रबीणहरुले खेती सुरु गरेको बेला काठमाडौमा खेती नआउने कुरै हुँदैन ।

मुस्ताङमासमेत त्यसको प्रमाण छ

काठमाडौमा नआउने कुरै भएन । मुस्ताङमा के छ भने जतिबेला धान लगेर राधेलाई दिए त्यो आजको जस्तो लेक लाग्ने अवस्था थिएन । पछि भूस्खलनले गर्दा मानिसहरुको बस्ती समाप्त भयो र त्यो चिज आजपनि पाईन्छ । त्यहाँसम्म अन्न छ । त्यो अन्न कति वर्ष पहिलेको छ भन्दा चार हजार वर्ष पहिलेको छ । ४ हजार वर्ष पहिले दक्षिणतिर कृषिको युग सुरु भईसकेको छ । त्यसले प्रमाणित गर्छ । यहाँ मानिसहरु उत्तरतिरबाट दक्षिणतिर जान यो ट्रान्जिट प्वाइन्टकोरुपमा रहेको थियो । काठमाडौ यहाँ अन्न नआउने कुरा हुनै सक्दैन । यसलाई च्यालेञ्ज गर्छाै भने तिमीहरु त्यसको जवाफ लिएर आउ । तिमीसँग के जवाफ छ त । नेपालको कृषिको सुरु कहिले भएको हो ? संसारमा दासयुग कृषिको कारणबाट आएको छ । जब मानिसलाई पकडेर दास बनाउने व्यवस्था, जब कृषि मानिसको सभ्यताको रुपमा स्थापीत भयो । तिनिहरुमा कृषिमा तिनीहरुको तागत लगेर कृषि उत्पादनमा लगाउन दास व्यवस्था अयो । यो सारा संसारको हो र नेपालको पनि हो ।

किराँतहरु काठमाडौ उपत्यका र उपत्यका बाहिर आसाम दक्षिण कलकत्तासम्म फैलँदा उनीहरुको सभ्यता के थियो ? काठमाडौँमा कृषिको सुरुवात कहिले भयो त ? के लिच्छबी आएपछि सुरु भएको हो ? राजाको रुपमा सबभन्दा पहिलो आउने आर्य भनेको लिच्छबी हो । यादवले पनि आफुलाई आर्य भन्छन् । उनीहरु दक्षिणबाट नै आए । उनीहरुको त्यहाँ सम्बन्ध द्रबीणहरुसँग भएको छ । २ हजार वर्ष पहिले खेती सुरु भएको छ । र त्यतिबेला उनीहरुले खेती सुरु गरेका छन् । तर उनीहरुको मुख्य पेशा पशुपालन हो । उनीहरुको खेतीतिर ध्यान गएन । तर खेती गर्दै गरेनन् भन्ने चाँहि होईन । किराँतहरु जतिबेला आए उनीहरुले खेती जान्दैनथे । तर यहाँ खेती सुरु भईसकेको थियो । त्यसकारण उनीहरु संलग्न भए । किनकि इसापूर्व १० हजार वर्ष पहिलेदेखि चीनमा खेती सुरु भएको छ । इसापूर्व ६ हजार वर्ष पहिले देखि तिब्बतमा खेती सुरु भएको छ । तिब्बतबाट यतातिर आउने र मंगोलियन भनेर चीन हुँदै काठमाडौ आउनेहरुले जाँदैनन् । जहाँ इसापूर्व चार हजार वर्ष पहिले भारतमा द्रबीणहरु कृषिमा प्रवेश गरिसकेका थिए । पश्चिम, उत्तरपूर्व र दक्षिणमा पनि कृषि उपज छ र यो उर्वर काठमाडौ इसापूर्व ४ हजार वर्ष पहिलेपनि छ । बस्ती छ । उनीहरुले यहाँ खेती नगर्ने हुन्छ । यो जम्मैको आधारमा बामदेवले ल्याएको निष्कर्षका आधारमा समाजशास्त्रीहरुले त्यसको अध्ययन गर । फेरी भन्छु बामदेवको निष्कर्षहरुलाई अध्ययन गर ।

८ कात्तिक २०७३ / ६ : २८

दशैंका सन्दर्भमा गौतमद्वारा ब्यक्त बिचारमा थुप्रै किराँतीले प्रतिक्रिया दिएका थिए | यो  पनि पढ्नुहोस्

बडा दशैं बाहुनको चाड हैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु