Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

किन गराउन चाहन्छन प्रधानमन्त्री फूलबारी रिर्सोटको ऋण मिनाहा ?

के सम्बन्ध छ देउबा र अर्थमन्त्री कार्कीको फूलबारी रिर्सोटसँग ?

December 28, 2017

काठमाडौं। १ सय ९६ करोड रुपैयाँ ऋण बोकेको व्यक्तिगत कम्पनीको ऋण मिनाहा गराउनको लागि वर्तमान प्रधानमन्त्रीले विभिन्न बैङ्कहरुमाथी दवाद सिर्जना गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले फूलबारी रिर्सोटका लागि लिएको ऋणको ब्याज मिनाहाका लागि दबाब दिएका छन्। नेपाल बैंकको नेतृत्वमा चार संस्थाको गरी कालोसूचीमा रहेका फूलबारी रिर्सोटका सञ्चालक पीयुष बहादुर अमात्यले लिएको ऋण तथा ब्याज १ सय ९६ करोड रुपैयाँ पुगेको छ।

अमात्य नेपाल स्टिल प्रालि, माउण्ट एभरेष्ट ब्रुअरी, एभरेष्ट आइसक्रिममार्फत ऋण लिएर नतिरेपछि २०६२ पुस १८ गते नै उनी कालोसूचीमा परिसकेका छन्। फूलबारीमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक, एनआइडिसी डेभलपमेन्ट बैंक र कर्मचारी सञ्चय कोषले लगानी गरेका थिए। सुरुमा फुलबारीमा ९८ करोड रुपैयाँ लगानी भएको थियो। पछि त्यसलाई बढाएर अमात्यले १३१ करोड रुपैयाँ ऋण पुर्याएका थिए।

देउवाको दबाबपछि बैंकहरुले आफूले दिनसक्ने सहुलियतसहित अमात्यलार्इ बोलाएर छलफल समेत गरिसकेका छन्। बैंकहरुले १९६ करोडबाट १८७ करोड रुपैयाँमा ऋण दायित्व झारिदिए।

सम्पति लिलाम गर्दा नै बैंकको सबै पैसा उठ्ने अवस्था हुँदाहुँदै पनि फुलवारीले राजनीतिक दवाव श्रृजना गराएर रुग्ण उद्योग बराबरको लाभ लिन खोजिरहेको छ, बैंक स्रोतले भन्यो, बैंकको ऋण तिरेर पनि धेरै रकम बच्ने कम्पनीलाई मिनाहा गर्दा अरुमा पनि राजनीतिक दवाव श्रृजना गराएर छुट माग्ने प्रवृत्ति बस्छ। यसबाट थिति बिग्रिन्छ।

बैंकहरुले घटाइ दिएको दायित्वमा अमात्यले चित्त बुझाएनन् र फेरी प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की गुहार्न पुगे। देउवाले अमात्यको ऋणमा सहयोग पुर्याउन अर्थमन्त्री कार्कीलाई जिम्मा दिए। कार्कीले बैंकका सञ्चालक समिति तथा माथिल्लो ब्यवस्थापनलार्इ बोलाएर अमात्यले तोकेको १५० करोड तिरेर दायित्वमुक्त गर्न निर्देशन दिए।

तपार्इहरु सक्नुहुन्न भने क्याविनेट लगेर निर्णय गर्छु‘ कार्कीले बैंकका पदाधिकारीहरुलाई घुर्कि लगाए। उनीहरुले सर्वसाधरणको लगानी रहेको बैंकको ऋण मिनाहा मन्त्रिपरिषद्बाट गर्न नमिल्ने जिकिर गर्दै मिनाहा गर्ने भए त्यसको शोधभर्ना बैंकहरुलाई गर्नु पर्ने भनेर सम्झाए।

अर्थमन्त्रीको दबाबपछि बैंकहरुले अमात्यलाई डाकेर फेरि छलफल गरे। बैंकहरुले १८७ करोडसम्म तिर्दा हुन्छ भनेर अगाडि गरेको मूल्यांकन थप घटाएर १८४ करोडसम्म झारे। १८४ करोडभन्दा एक पैसा पनि घट्न नसक्ने बैंकहरुको अडानपछि अमात्य गले। उनले चाँडै सेटलमेन्ट गर्ने बैंकहरुलाई आश्वासन पनि दिए। बैंकहरुले कुरा मिल्यो भन्ठानेर अमात्यसँग जब ऋण तिर्ने आधार र समय मागे, त्यस दिनदेखि उनी बैंकको सम्पर्कमा छैनन्।

स्रोतका अनुसार अहिले पनि प्रधानमन्त्री देउवाले अमात्यको ऋण मिनाहाको एजेण्डा छाडेका छैनन्। देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलार्इ तत्कालै अमात्यलार्इ ऋण घटाएर निर्णय गर्न दबाब दिइरहेका छन्।

अहिले कुल ऋण दायित्व १९६ करोड रुपैयाँ पुगेको छ। झण्डै डेढ वर्षअघि फूलबारीको मूल्यांकन गर्दा २ अर्ब २५ करोड रुपैयाँ थियो। कुनैपनि कम्पनीको मूल्यांकन गरेपछि दुर्इ वर्षलार्इ मान्य हुन्छ। तर अहिले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएकोले जग्गाको भाउ आकासिएको छ। स्रोतका अनुसार अहिले यो रिर्सोटको मूल्य चार अर्बभन्दा माथि पुगिसकेको छ। फूलबारी रिर्सोट दुर्इ अर्ब रुपैयाँभन्दा बढीमा किन्न स्वदेशी लगानीकर्तासमेत तयार छन्।

स्रोतका अनुसार होटलको मूल्यांकननै सवा दुर्इ अर्ब भएकोले अहिले दबाबमा ऋण मिनाहा गरेमा पछि फस्ने डरले कसैले पनि फाइल अगाडि बढाएका छैनन्। ‘निर्वाचन हुनुअघि अर्थका उच्च अधिकारीसमेत निर्णय गर्न तम्सिएका थिए। तर निर्वाचनको रिजल्ट आएपछि अहिले सबै चुपचाप छन्, स्रोतले भन्यो।

फुलबारीको ऋण नतिरेपछि बैकहरुको सिफारिसमा कर्जा सुचना केन्द्रले २०७२ जेठ २५ गतेबाट उनीसहित विनोदवहादुर अमात्य, दमनवहादुर अमात्य, गंगा अमात्य र सञ्चु अमात्यलाई कालोसुचीमा राखेको छ। यसअघि परेको कालोसूचीबाट उनी फूकुवा भएका छैंनन्।

२०७४ पुष १३ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु