back
NMB ad

भरतपुर घटना यस्तो छ विज्ञप्ति : एमाले : मत गणना, गठबन्धन : मतदान

Kumari bank ad

काठमाडौं । सौहाद्रपूर्ण तवरले सञ्चालन भैरहेको भरतपुर महानगरको मत गणना कार्य राती एकाएक मत पत्र च्यातिएपछि अनिश्चितता तर्फ धकेलिएको छ । राती करिव ११ः४५ बजे नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मत मत्र च्याते पछि उत्पन्न विवादले चर्को रुप लिएको छ ।
विवाद गणनालाई निरन्तरता कि पुनः मतदान भन्नेमा अल्झिएको छ । चितवनमा कृयाशिल राजनीतिक दलहरुले आ–आफ्नै तर्क र दलिल पेश गर्दै विज्ञप्ति जारी गरेका छन् । नेकपा एमालेले आफ्नो उम्मेदवार देवी ज्ञवाली जित्ने निश्चित भएपछि विवाद सृजना गर्न माओवादी केन्द्रका प्रतिनिधीले मत पत्र च्यातेको आरोप लगाएको छ । नेकपा एमालेको आरोपलाई सत्यतामा वदल्दै चितवन प्रहरीले पनि घटनामा माओवादी कार्यकर्ता दोषी देखिएकाले नियन्त्रणमा लिएको स्पष्ट पारेको छ ।

हेर्नुहोस चितवन एसपीको भनाई 

त्यस्तै काँग्रेस माओवादीको गठबन्धनले पुनः मतदान हुनु पर्ने माग गर्दै विज्ञप्ति जारी गरेको छ । गठबन्धनबाट उम्मेदवार बनेकी पधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल एमाले उम्मेदवार भन्दा करिव सात सय मत तल रहेकी थिइन ।
घटनाका सम्बन्धमा तीनै दलद्वारा विज्ञप्ति मार्फत भ्रत्सना गरिएको छ । सोही घटनालाई लिएर नेकपा एमालेले संसद अवरद्ध गर्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले अन्तिम टुंगो नलगाएसम्म भरतपुर मत गणना की मतदान भन्ने अनिश्चित भएको छ ।

हेर्नुहोस तीन दलको छुट्टाछुट्टै विज्ञप्ति

bharatpur uml press realese

bharatpur maoist press realese bharatpur nc press realese

१५ जेठ २०७४

वि.सं.२०७४ जेठ १५ सोमवार १४:५१ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...