back
NMB ad

भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्न सरकारलाई मोदीको आग्रह

Kumari bank ad

काठमाडौं । भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकार समक्ष पाँच बुँदे माग अघि सारेको छ ।
रिपोर्टर्स क्लब नेपालमा शिविरले पत्रकार सम्मेलन गरेर, स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुकमा जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सांसद अनमनलाल मोदीले शरणार्थीहरुको समस्या जतिसक्दो चाँडो समाधान गर्नको लागि सरकारलाई आग्रह गर्ने बताएका छन् ।
मानवजाती सर्वोत्कृष्ट प्राणी भएको भन्दै मानिस हुनुको गर्व गर्न पाउनु पर्नेमा जोड दिए ।उनले भने, ‘मानव हुनुको नाताले पनिपारिवारिक सम्बन्ध र देश छोडेर अरुको देशमा शरणार्थी भएर बस्नुको पिडा कारुणीक छ, यो विषयलाई अन्तराष्ट्रिकरण गर्नुपर्छ, जहाँसम्म नेपाल सरकारले नागरिकता दिनुपर्छ भन्ने माग छ त्यो पुरा नहुनसक्छ, किनकी यस्ता रित बसालेको खण्डमा हाम्रो राष्ट्रियता कमजोर बन्छ ।’
त्यस्तै एमाले सांसद महेन्द्रा लिम्बुले शिविरमा मानवताको खडेरी परेको बताएकी छिन् ।
उनले भनिन्, ‘हाम्रो देशमा जति शरणार्थीहरु छन् त्यहाँको स्थिति निक्कै नाजुक छ, हाम्रो मुलुकको स्थिति पनि त्यस्तै लथालिङगछ, तर सिविरको पीडा यहाँ पोख्न गाह्रो हुन्छ, यी समस्या समयमै समाधान नगरिए यसले ठुलो रुप लिन्छ ।
लामो समय शरणार्थी समस्या समाधानका लागि पहल भए पनि ठोस कदम उठान गर्न नसक्दा अझै पनि १० हजार हाराहारी नेपाली भाषी भूटानी शरणार्थीहरु थप कष्टकर जीवन विताउन बाध्य छन् । २००७ देखि सुरु गरिएको तेस्रो देश पुनर्वास कार्यक्रमले १ लाख बढी शरणार्थीहरु अमेरिका, क्यानाडा, नर्वे, वेलायत, न्युजरल्याण्ड, नेदरल्याण्ड, अष्टे«लिया, डेनमार्क लगायतका देशहरुमा स्थानान्तरण भईसकेका छन् । बाँकि रहेकालाई तत्काल व्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् ।
प्रकाशित मिति २०७४ साउन १६

वि.सं.२०७४ साउन १६ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...