back
NMB ad

राष्ट्रपति जेनेभा जाँदै

Kumari bank ad

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाँदै छन्।वल्ड अफ वर्क समिटु नाम दिइएको उक्त सम्मेलनलाई राष्ट्रपति भण्डारीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसपटकको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको थिम ुवमन एट वर्क रहेको छ। सम्मेलनमा राष्ट्रपतिले नेपालको राजनीतिमा महिला सहभागिता तथा प्रतिनिधित्वको प्रगतिका विषयमा बोल्नुहुनेछ, परराष्ट्र मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिले सम्मेलनमा नेपालमा महिलालाई प्राप्त अवसर र चुनौतीबारे पनि आफ्नो धारणा राख्नेछिन्।

सम्मेलनमा माल्टा र मौरिससका राष्ट्राध्यक्ष पनि सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपाल, माल्टा र मौरिससका राष्ट्राध्यक्षलाई विशेष रूपमा निमन्त्रणा गरेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ। नेपाल सन् १९६६ देखि आइएलओको सदस्य रहँदै आएको छ।

जेनेभामा रहँदा राष्ट्रपति भण्डारीसँग आईएलओका महानिर्देशक गाई रेडरले शिष्टाचार भेट गर्नेछन्। रेडरले सम्मेलनमा सहभागी राष्ट्राध्यक्षको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। जेनेभास्थित नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि दीपक धितालले आयोजना गर्ने एक समारोहमा पनि राष्ट्रपति भण्डारी सहभागी हुने जनाइएको छ। राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार ०९:२४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...