back
NMB ad

असारभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन

Kumari bank ad

काठमाण्डौं । आगामी असारभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिने भएको छ । नापतौल तथा गुणस्तर विभागले साउनको पहिलो साता लाग्दासम्म सबै ट्याक्सीको मिटरमा कम्प्युपराज्ड बिल प्रिन्टर जोडिसक्ने गरी तालिका सार्वजनिक गरेको छ ।

अब बिलिङ सिस्टम जडान नगर्ने ट्याक्सीको मिटर नवीकरण गरिने छैन । अहिले दैनिक सरदर २० देखि २५ वटा ट्याक्सीले मात्रै मिटर नवीकरण गरिरहेका छन् ।

मिटरमा आधुनिक बिलिङ सिस्टम नजोडेसम्म ट्याक्सीको मिटर नवीकरण रोकिनेछ । अब ट्याक्सी नाम सारी गर्दासमेत अनिवार्य प्रिन्टर जडित मिटर हुनै पर्ने ब्यवस्था गरिएको छ ।

विभागले बनाएको तालिकाअनुसार प्रत्येक हप्ता ५ सय ट्याक्सीले मिटर जोड्नेछन् । अटेर गर्ने ट्याक्सीलाई अनुगमन गरी कारवाही गर्ने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अनलाइनखबरलाई जानकारी दिए । यो अवधिमा झण्डै साढे ९ हजार ट्याक्सीले यो मिटर जडान गर्नुपर्नेछ ।

२१ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २१ बिहीवार ११:३९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...