back
NMB ad

डाक्टरहरुको परीक्षामा ब्लुटुथबाट चिट चोरी

Kumari bank ad

काठमाडौ। चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने चिकित्सकद्वय डा. अभिषेक आचार्य र डा. मनसा भोहरा पक्राउ परेका हुन् ।

आचार्य कमलपोखरीस्थित किस्ट कलेज तथा भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट पक्राउ परेका हुन् । कानमा ब्लुटुथ लगाएर उनीहरूले बाहिरबाट चिट चोर्ने गरेको खुलेपछि पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो । उनीहरूको ब्लुटुथ डिभाइसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । परीक्षाहल बाहिरबाट उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

पक्राउ परेकी २७ वर्षीय भोहरा भारतीय नागरिक हुन् । दुवैजनाले एउटै तरिकाबाट चिट चोरेकाले यसमा कुनै गिरोहले उनीहरूलाई सहयोग गरेको प्रहरी आशंका छ । एमडी अध्ययनका लागि धेरै पैसा पर्ने र नाम निकाल्ने गाह्रो हुने भएकाले यसमा चलखेल भएको आशंका गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुवै चिकित्सकलाई नियन्त्रणमा लिएको हो । चिकित्सा अध्ययन संस्थानले उनीहरूको परीक्षा रद्द गरी अनुसन्धानका लागि प्रहरीमा बुझाएको हो । चिट चोरेकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले तारेखमा उनीहरू छुटेको महाराजगन्ज वृत्तका डिएसपी गोविन्द पुरीले बताए । महानगरीय अपराध महाशाखाले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ । नयाँ पत्रिकादैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख १०

वि.सं.२०७४ वैशाख १० आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...