back
NMB ad

विमान दुर्घटनामा धेरै खेलाडी गुमाएको ब्राजिली क्लबले २० खेलाडी किन्ने

Kumari bank ad

विमान दुर्घटनामा धेरैजसो खेलाडी गुमाएको ब्राजिलको फुटबल क्लब चापेकोएन्सले नयाँ सिजनका लागि २० खेलाडी अनुबन्ध गर्ने भएको छ । गएको महिना बोलिभियाबाट उडेको विमान कोलम्बियाको मेडेल्लिन शहर नजिक दुर्घटना हुँदा ब्राजिलको फुटबल क्लब चापेकोएन्सका १९ खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो । शुक्रबारदेखि नयाँ सिजनका लागि प्रशिक्षण सुरु गरेको चापेकोएन्सले नयाँ सिजनका लागि २० खेलाडी अनुबन्ध गर्ने र विमान दुर्घटनामा बाँचेका खेलाडीको जर्सी नम्बर उनीहरुका लागि राख्ने बताएको हो ।

कोपा सुडअमेरिकानाको फाइनलका लागि जाँदै गरेका खेलाडी चढेको विमान दुर्घटना हुँदा कोचिङ स्टाफको पनि ज्यान गएको थियो । उपाधि चापेकोएन्सलाई प्रदान गरिएको थियो । फाइनलको प्रतिस्पर्धी कोलम्बियाको क्लब एथ्लेटिको नेशिओनललाई फेयर प्ले अवार्ड दिइएको थियो । कोलम्बियन क्लबको प्रस्तावमा चापेकोएन्सका खेलाडीको सम्मानमा उपाधि प्रदान गरिएको थियो । लोनसहितका विभिन्न स्रोतबाट खेलाडी अनुबन्ध गर्ने तयारी भएको चापेकोएन्सका निर्देशक रुइ कोस्टाले बताए । ब्राजिलमा आउँदो जनवरी देखि नयाँ सिजन सुरु हुँदैछ । चापेकोएन्सले जनवरी २६ मा जोइनभिल्लेसँग सिजनको पहिलो खेल खेल्ने छ । विमान दुर्घटनामा धेरै खेलाडीको ज्यान गएपछि फुटबल लिगले क्लबलाई तीन सिजनसम्म रेलिगेशनबाट जोगाउने प्रस्ताव गरेको थियो । तर क्लबले त्यो प्रस्ताव अस्वीकार गरेको छ ।

प्रकाशित मितिः २०७३ पुस २०

वि.सं.२०७३ पुस २० बुधवार १४:२२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...