back
NMB ad

अब भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरेकालाई नेपालमा मान्यता नदिईने

Kumari bank ad

काठमाडौ । चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयनमा आए गुणस्तरीय शिक्षाबाट नेपाली विद्यार्थी वञ्चित हुने ठानिएको छ । एक वर्षपछि (२०७५ साउन १ देखि) भारतमा पढेकाले नेपालमा सीएको मान्यता पाउने छैनन् ।

आइक्यान लेखापरीक्षकको नियामक र अन्यायिक निकाय हो । सरकारी प्रतिनिधिसहित ६ जना सदस्यले लिखित असहमति (नोट अफ डिसेन्ट) जनाए पनि बहुमतबाट यस्तो निर्णय भएको हो ।
चार्टर्ड एकाउन्टेन्ट १०, रजिष्टर्ड अडिटर ४ र सरकारी प्रतिनिधि ३ गरी १७ जनाको आइक्यान बोर्ड हुन्छ । अर्थ मन्त्रालय, महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयका एक एकजना प्रतिनिधिले आइक्यानमा प्रतिनिधित्व गर्छन् । भारतमा सीए पढ्न जानेको लर्कोका कारण देशभित्रका शिक्षण संस्थाले पर्याप्त विद्यार्थी पाउन नसकेपछि तिनकै प्रभावमा बिना अध्ययन, गैरजिम्मेवमर निर्णय गरिएको आरोप कतिपय सीएले लगाएका छन् ।

आइक्यानले भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आईसीएआई) ले नेपालमा पढेका सीएलाई मान्यता नदिएको कारण जनाई यस्तो निर्णय गरेको हो । दुई देशबीचका संस्थाबीच एकअर्का देशमा पढेका सीएलाई मान्यता (म्युचुअल रिकग्निसन) दिने प्रचलन छ । नेपालले यस्तो मान्यता दिए पनि भारतले नेपालमा पढेका सीएलाई मान्यता दिएको छैन । आइक्यानले एकतर्फी मान्यता दिने अन्तराष्ट्रिय प्रचलन नभएको भन्दै यस्तो निर्णय गर्नुपरेको बताएको छ ।

संस्थाले यस्ता विषय दुवै संस्थाबीच पारस्परिकताका आधारमा निर्धारण गरिने भए पनि यस्तो हुन नसकेकाले निर्णय लिन बाध्य भएको उल्लेख गरेको छ । आइक्यान र आईसीएआई बीच म्युचुअल रिकग्निसन एग्रिमेन्ट (एमआरए) का लागि २७ जेठमा बैठक बसेको थियो । त्यसमा आईसीआईले एमआरएका लागि सकारात्मक रहेको सन्देश दिएको थियो । तैपनि आइक्यानले भारतीय समकक्षी संस्थाको निर्णय नपर्खी निर्णय लिएको छ ।

आइक्यानले आवश्यक र योग्य सीए उत्पादन गर्ने पुर्वाधार देशभित्रै तयार भइसकेको उल्लेख गरेको छ । देशमै सीए उत्पादन गर्न सक्षम रहेको अवस्थामा पनि बर्सैनी ठुलो धनराशी बाहिरिएकाले पनि यसलाई रोक्नुपर्ने संस्थाको भनाई छ । सीएको नेपालको पाठ्यक्रमलाई परिमार्जन गर्दै लगेको र परिमार्जित पाठ्यक्रम आईसीएआईले जारी गरेको पाठ्यक्रमसँग फरक पर्ने समेत कारणमा उल्लेख गरेको छ ।

प्रकाशित मितिः २०७४ असार २१

वि.सं.२०७४ असार २१ बुधवार १४:२१ मा प्रकाशित

You can share this post!

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...