back
NMB ad

५ दिनभित्रमा भरिसक्नोस् बैंकको १०० रुपैंया अंकित १ करोड ८८ लाख कित्ता सेयर

Kumari bank ad

काठमाडौ । सेन्चुरी बैंकको ४० प्रतिशत हकप्रद भर्ने म्याद भदौ १८ गते सकिंदैछ । त्यसकारण उक्त हकप्रद भर्ने समय अब ५ दिनमात्र बाँकी छ । बैंकले गत साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड रुपैंया बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।

असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रदको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

लगानीकर्ताले सीटीसी मल सुन्धारा स्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । सेन्चुरीले केही समय अघिमात्र इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको थियो । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम भएको चुक्ता पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।

यो हकप्रद सेयर गाभिएका अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकका सेयरधनीले पनि भर्न पाउनेछन् । तर एक्वायर गरी एकीकृत कारोबार सुरु गरिसकेको सगरमाथा फाइनान्सका सेयरधनीले भने यो हकप्रद भर्न पाउने छैनन् ।

प्रकाशित मितिः२०७४ भदौ १४

वि.सं.२०७४ भदौ १४ बुधवार ११:१५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...