back
NMB ad

च्याम्पियन्स ट्रफीः पाकिस्तान फाइनलमा,इंग्ल्याण्ड हार्‍यो !

Kumari bank ad

पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ । बुधबार राति सकिएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान पक्का बनाएको हो ।

२ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका अजहर अलीले ७६ र फखर जमानले ५७ रन बनाए । यस्तै बाबर आजमले नटआउट ३८ तथा मोहम्मद हाफिजले नटआउट ३१ रन बनाए ।

यसअघि कार्डिफमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड २ सय ११ रनमा अलआउट भएको थियो । पाकिस्तानका हसन अलीले तीन विकेट लिएको खेलमा इंग्ल्याण्डका जोए रुटले सबैभन्दा धेरै ४६ रन बनाए । पाकिस्तानको जितसँगै च्याम्पियन्स ट्रफीको उपाधि दक्षिण एसियामा आउने निश्चित भएको छ ।

प्रतियोगिताको अर्को सेमिफाइनलमा बिहीबार भारत र बंगलादेश खेल्दैछन् । दिउँसो सवा ३ बजेपछि सुरु हुने खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १२:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...