back
NMB ad

चन्द्रागिरि प्रथम महोत्सव हुँदै, जाने हैन त घुम्न

Kumari bank ad
काठमाण्डौं । ‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ चैत २९ गतेदेखि चन्द्रागिरि महोत्सव हुने भएको छ। चन्द्रागिरि नगरपालिकासँग सहकार्य गरी बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागेको महोत्सवका संयोजक समीर बलामीले जानकारी दिएका छन्। महोत्सव  वैशाख ६ गतेसम्म हुन लागेको हो।
महोत्सवमा स्थानीय कृषि उपज, घरेलू तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, स्थानीय कला संस्कृति, स्थानीय खानाका परिकार, सूचना प्रविधी, स्वास्थ्य, शिक्षा, स्वरोेजार फारम संकलन, लत्ता कपडा, मनोरञ्जन फनपार्क, पहिलो पटक काठमाडौंमा गोरु जुधाई लगायत गरी २५१ व्यवसायिक स्टलहरु रहने बताइएको छ।
पर्यटकीय स्थल चन्द्रगिरिलाई चन्द्रागिरिकै स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादनहरु र अन्य विषयहरुलाई मूर्तरुपमा पहिचान र झन चिरपरिचित गराउन महोत्सवको आयोजना गरिएको बलामीले बतए।
९ दिन सम्म संञ्चालन हुने महोत्सवमा चन्द्रागिरिको पृष्ठभुमि झल्कने होर्डिङ बोर्ड तथा फोटो प्रदर्शनी पनि हुनेछन्। यसको अलवा विभिन्न साँस्कृतिक कार्यक्रमहरु, ८ दर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति, स्थानीय कला, संस्कृति र उत्पादनहरुको प्रत्यक्ष प्रदर्शन समेत गरिनेछ। कम्तिमा ३ लाख  दर्शकहरुलाई महोत्सब अवलोकन गराउने लक्ष्य रहेको आयोजक समितीका अर्का सदस्य शिवराम गिरीले बताए।
 महोत्सवमा सिसि क्यामराको जडान गरिनेछ भने निशुल्क वाईफाई/ईन्टरटनेट सुविधाको प्रवन्ध मिलाईने भएको छ। महोत्सवमा हिमालयन टाईगर समूहको रेस्लिङ, न्यु ईयर ईभ कन्सर्ट, हेलिकप्टर चदेर चन्द्रागिरि भ्रमण जस्ता थप आकषर्णहरु पनि राखिएको आयोजक समितीका सदस्य रोशन दानीले बताए। महोत्सवमा करिव पाँच करोड बराबरको कारोवार हुने लक्ष्य राखिएको छ।

२५ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २५ शुक्रवार ०७:४७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...