जोमसोम । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा गोला प्रथाबाट नेकपा एमालेकी छिरिङ ल्हामो गुरुङ निर्वाचित भएकी छन् ।गोला तान्दा एमालेकी छिरिङ ल्हामो प्रमुख भएकी हुन् ।
दलहरुको सहमति अनुसार प्रमुख सहित ५ सदस्य एमालेले र उपप्रमुख सहित ४ सदस्य कांग्रेसले पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र शेरचन निर्वाचित भएका छन् ।
मुस्ताङ जिल्ला समन्वय समितिको कांग्रेसका ४, एमालेका ३ र स्वतन्त्र १ मतादाता थिए । स्वतन्त्रबाट दालोमो गाउँपालिका अध्यक्ष जितेका राजु विष्टले एमालेलाई समर्थन गरेपछि बराबरी मत भयो ।
प्रकाशित मितिः २०७४ साउन २९
वि.सं.२०७४ साउन २९ आइतवार ११:०३ मा प्रकाशित