back
NMB ad

आधारभूत आवस्यकताको माग गर्दै चेपाङ समुदाय

Kumari bank ad

धादिङ । धादिङका चेपाङहरुले बिहीबार जिल्लाका सरकारी कार्यालयमा गई आफूहरुलाई आधारभूत आवस्यकताहरु उपलब्द गराइदिन माग गरेका छन् । उनीहरुले आफ्नो गाउँमा परेको बजेटबारे सोधखोज गर्न स्थानीय विकास अधिकारीको जीवलाल भुसालको कार्यकक्षमा पुगेका हुन् ।

उनीहरुले प्रत्येक घरमा खानेपानी धारो हुनुपर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्था मिलाउनुपर्ने, जनता आवास पुनर्निर्माण कार्यक्रमबाट सबै घर बनाउने, बालकक्षालाई दरबन्दी बनाउनुपर्ने, सडक तथा बजार सहज पहुँच हुनुपर्ने, गाउँलाई चेपाङ पर्यटक क्षेत्र बनाउन पूर्वाधार निमार्ण गर्नुपर्ने र यी मागहरु पूरा गर्न वा हुन नसके प्रतिपरिवार आवाससहित १२ रोपनी खेतीयोग्य जमिन र खानेपानी, बिजुली बत्ती, स्कुल र सडक भएको ठाउँमा आफूहरुलाई एक वर्षभित्र बसाइँ सारिनुपर्ने माग गरेका छन् ।

गत वर्ष आफ्नो गाउँमा पानी माग गर्न आउँदा योजना परेको बताइएको थियो तर यस वर्ष रकम खर्च भइसकेर पनि गाउँमा काम नभएपछि गाउँको योजनाबारे सोधखोज गरेको प्रेमबहादुर चेपाङले बताए ।

फूलमायाँ चेपाङका अनुसार खानेपानीको अभावमा तिर्खा मेट्ने गरी खानेपानी पनि खान पाएका छैनाँै । बिहान–बेलुका नै अन्न खान मुस्किल छ । टाँकीको मुन्टा, सिस्नु, गिठ्ठा भ्याकुर लगायतका जङ्गली कन्दमूलको भरमा ब चेपाङहरु बस्न बाध्ये भएका छन् ।

बालबच्चा नुहाउन, घरआँगन सरसफाइ गर्न, हातखुट्टा धुन मात्र नभएर पेटभरि पानी खान नपाएका गरिब चेपाङको माग सरकारले पूरा गरिदिन जरुरी छ ।(फाइल फोटो )

प्रकाशित मितिः २०७४ असार ९

वि.सं.२०७४ असार ९ शुक्रवार ०७:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...